बाइडेनलाई राष्ट्रपति उम्मेदवारबाटै हटाइँदैछ ? | Khabarhub Khabarhub

विश्व

बाइडेनलाई राष्ट्रपति उम्मेदवारबाटै हटाइँदैछ ?


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकामा राष्ट्रपतीय निर्वाचन अन्तर्गत पहिलो प्रेसिडेन्सीयल बहस सकिएको छ । त्यसको नतिजा वर्तमान राष्ट्रपति जो बाइडेनका लागि प्रत्युत्पादक देखिएको छ ।

बहसका क्रममा राष्ट्रपति बाइडेनको स्वास्थ्य ठिक नरहेको प्रष्ट देख्न सकिन्थ्यो । उनले बोल्न संघर्ष गरिरहेको टेलिभिजनमा देखिएको थियो ।

बिहीबार भएकाे बहस क्रममा बाइडेनकाे पहिलो लक्ष्य आफ्नो उमेरलाई लिएर छाएको अन्योलता मेटाउनु थियो । तर बहस पश्चात बाइडेनको उमेरलाई लिएर बढिरहेको चिन्ता थपिएको छ ।

केही डेमोक्रेटिक नेताहरूले सीएनएनका पत्रकारलाई ८१ वर्षीय बाइडेनले अब आफ्नो पद छाड्न सक्ने सूचना पठाएको बीबीसीले दाबी गरेको छ ।

अर्को एक पक्षले चाहिँ बाइडेन पुनः राष्ट्रपति चुनिएर ह्वाइट हाउस प्रवेश गर्ने सम्भावना तथा उम्मेदवारकै रूपमा उनी कायम रहिरहनेबारे नै चिन्ता व्यक्त गरिरहेका छन्‌ ।

यस्ता चर्चा र चिन्ताबीच बाइडेन अब राष्ट्रपति पदको उम्मेदवारीबाट पछि हट्लान्‌ भनी सवाल उठेको छ । यदि यस्तो भयो भने के अमेरिकाको समसामयिक राजनीतिमा कस्तो असर पर्नेछ र बाइडेनको स्थान कसले लिनेछन्‌ भन्ने प्रश्न पनि थपिएको छ ।

उम्मेदवारी फिर्ता लेलान्‌ ?

डेमोक्रेटिक पार्टीले राष्ट्रपति पदका लागि अन्तिम उम्मेदवारको आधिकारिक घोषणा १९ देखि २२ अगष्टसम्म सिकागोमा हुने डेमोक्रेटिक नेशनल कन्भेन्सन (डीएनसी)मा गर्नेछ ।

सो सम्मेलनसम्म राष्ट्रपति पदको उम्मेदवारका रूपमा छनोट हुन पार्टीभित्रका प्रत्यासीहरूले प्रतिनिधि (डेलिगेट्स) को बहुमत समर्थन जुटाउनुपर्छ । त्यसपछि मात्रै पार्टीले राष्ट्रपति पदका उम्मेदवार चयन गर्नेछ ।

हरेक राज्यमा प्राइमरी चुनावको नतिजा अनुपातमा उम्मेदवारहरूलाई डेलिगेट्स दिइनेछ । यसपटक बाइडेनले ४ हजार प्रतिनिधिमध्ये करिब ९९ प्रतिशत डेलिगेट्स पाएका छन्‌ ।

डीएनसीको नियमअनुसार यी प्रतिनिधि बाइडेनलाई राष्ट्रपति उम्मेदवार बनाउन प्रतिबद्ध छन्‌  र उनको नाममा समर्थन दिन बाध्य पनि !

तर, बाइडेनले आफ्नो नाम फिर्ता लिए राष्ट्रपति पदको उम्मेदवार दाबी गर्न पार्टीभित्र सबैका लागि बाटो खुल्नेछ । बाइडेनको साटो अरू कसैलाई राष्ट्रपति पदको उत्तराधिकारी उम्मेदवार तोक्ने कुनै प्रणाली छैन ।

बाइडेन आफ्ना प्रतिनिधिहरूमाथि हाबी हुन सक्ने सम्भावना पनि छ । तर, उनी आफूले चाहेअनुसार गर्न स्वतन्त्र छन्‌ । यसको एउटै कारण उनको ढल्कँदो उमेर र कार्यक्षमतामा देखिएको सुस्तता नै हो ।

यस्तो स्थितिमा डेमोक्य्राट्सहरूबीच एक खुला प्रतिष्पर्धा शुरू हुनेछ, जहाँ उनीहरूले राष्ट्रपति पदको उम्मेदवार बन्न एक नयाँ मौका खोज्नेछन्‌ ।

यहाँनेर; बाइडेनले अहिलेसम्म आफू राष्ट्रपतिको उम्मेदवारीबाट पछि हट्ने कुनै सङ्केत दिएका छैनन्‌ ।

हटाउन कति सम्भव ?
यसो भएमा डेमोक्य्राट पार्टीका लागि थप अलोकप्रिय कदम हुनेछ ।

आधुनिक राजनीतिक युगमा कुनै पनि ठूलो राष्ट्रिय पार्टीले कहिल्यै पनि नामाङ्कन फिर्ता लिने कोसिस गरेको छैन । यस्तो गम्भीर योजना लागू गरेको देखिएको पनि छैन ।

यद्यपी; डेमोक्रेटिक नेशनल कन्भेन्सन (डीएनसी) का नियम-कानूनमा केही सानातिना कमजोरी छन्‌, जसमार्फत बाइडनलाई सैद्धान्तिक रूपमा राष्ट्रपतीय उम्मेदवारीको दौडबाट हटाउन सम्भव छ ।

नियमले प्रतिनिधिहरूलाई पूर्ण विवेकका साथ आम मतदाताको भावनाको प्रतिनिधित्व गर्न इजाजत दिन्छ । यसको मतलब- यदी देशभर नै डेमोक्रेटिक मतदाताको ठूलो सङख्या बाइडेनको उम्मेदवारीविरुद्ध देखियो भने प्रतिनिधिहरूले अर्को उम्मेदवार खोजी गर्न सक्छन्‌ ।

कमला ह्यारिसको सम्भावना कति ?
यदि बाइडेनले राष्ट्रपति कार्यकाल बाँकी रहँदै पद छाडे भने उपराष्ट्रपति कमला ह्यारिसले स्वतः उनको स्थान लिनेछिन्‌ ।

तर आगामी नोभेम्बरमा हुने चुनावी दौडबाट बाइडेनले आफूलाई बाहिरै राखे भने यो नियम लागु हुने छैन । उपराष्ट्रपतिलाई खुला सम्मेलनले प्राथमिकता दिने व्यवस्था पनि छैन ।

बाइडेनले उम्मेदवारी र राष्ट्रपति पद दुबै छाडे भने कमलाले पनि अन्य उम्मेदवारले झैं प्रतिनिधिहरूको बहुमत हासिल गर्नुपर्ने हुन्छ ।

उनी पहिलेदेखि नै डेमोक्रेटिक पार्टीभित्र अग्रणी छिन्‌ । उपराष्ट्रपति समेत रहेकीले उनलाई प्रतिनिधिहरूले रुचाउन सक्छन्‌ । तर, अमेरिकी जनतामा उनको कम लोकप्रियताले यस सम्भावनालाई धुमिल बनाउन सक्छ ।

फाइल तस्वीर

बाइडेनको स्थानमा को ?
यस पटकको चुनावी प्रक्रियामा कयौं डेमोक्य्राट उम्मेदवारले बाइडनलाई चुनौती दिने प्रयास गरेका थिए । मिन्नेसोटाका प्रतिनिधि डीन फिलिप्स र लेखक मारियाना विलियम्सनको नाम उल्लेख्य छ ।

यी दुबैले यस पटकको राष्ट्रपतीय चुनावमा पार्टीका तर्फबाट आफू उम्मेदवार बन्न सक्दो प्रयास गरिरहेका थिए । बाइडेनले उम्मेदवारी फिर्ता लिए पनि शीर्ष पदका लागि छनोटमा यी दुबै पर्ने सम्भावना निकै कम छ ।

क्यालिफोर्नियाका गभर्नर ग्याबिन न्यूसम या मिचिगनका गभर्नर ग्रेचेन ह्वीटमर चाहिँ बाइडेनको विकल्प हुन सक्ने अनुमान छ । तर यी दुबैले बाइडेनको स्थान लिन कुनै रुची देखाएका छैनन् ।

यो पनि-

पहिलो राष्ट्रपति बहसमा आमने सामने भए बाइडेन-ट्रम्प

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ३ : ४१ बजे

एनपीएल सिजन २ : युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

काठमाडौं– एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको

नेतृत्वमा ७० माथिकै रजगज, छोड्न कोही छैनन् तयार  

काठमाडौं– विश्वका हरेक ठूला परिवर्तनमा युवापुस्ता अग्र स्थानमा देखिन्छन् ।

‘धुलो टक्टक्याएर लाइसेन्स छपाइ सुरु गर्‍यौँ’

बनेपा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्र

अनलाइन ठगीबाट जोगिन कास्की प्रहरीको आग्रह

गण्डकी- अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले