म्याग्दीको मालिकामा वडा कार्यालय भवन निर्माण « Khabarhub

म्याग्दीको मालिकामा वडा कार्यालय भवन निर्माण


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडा कार्यालय भवन निर्माण भएको छ । मालिका गाउँपालिकाले ७६ लाख रुपैयाँको लागतमा ७ कोठे एक तले भवन निर्माण गरेको हो ।

अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी क्षमता भएको भवन निर्माणका लागि गत मंसिर १८ गते भगवती मालिका कन्ट्रक्सनसँग ७६ लाख ७ लाख ५८८ मा ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनीका प्रतिनिधि बिजय भट्टचनले असार मसान्तसम्म म्याद भएपनि लक्ष्य अघिनै भवन निर्माण सकिएको जानकारी दिए । एउटा सभाहल, वडा अध्यक्ष, सचिव, वडा सदस्य, प्राविधिक, सहयोगी र भण्डारण कक्ष भएको भवनमा चार वटा शौचालय र शयनकक्ष छन् ।

वडा अध्यक्ष मिम पुनले हस्तान्तरण भएपछि नयाँ भवनबाट सेवा सुरु गर्ने बताए । यसअघि भीम मावि परिसरमा रहेको साविक देविस्थान गाविसको पुरानो र जीर्ण भवनबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो ।

सात वटा वडा रहेको मालिका गाउँपालिकाको यसअघि वडा नम्बर ३ को किटिनिमा भवन निर्माण भएको थियो । वडा नम्बर ६ को कार्यालय तत्कालीन दरवाङ गाविसको भवनबाट सञ्चालन हुने गरेको छ ।

आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको प्रशासकीय, वडा नम्बर १ र ७ को भवन बनाउन २ करोड बजेट बिनियोजन भएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । वडा नम्बर २ रुम र वडा नम्बर ४ ओखरबोटको कार्यालय पनि पुरानो भवनबाट सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ६ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको