देशभरका पत्रकार महासंघ कार्यालयमा प्रेस युनियनले तालाबन्दी गर्दै « Khabarhub

देशभरका पत्रकार महासंघ कार्यालयमा प्रेस युनियनले तालाबन्दी गर्दै


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रेस युनियनले आज नेपाल पत्रकार महासंघका देशभरका कार्यालयहरूमा तालाबन्दी गर्ने भएको छ ।

मुलुकका सातवटै प्रदेश कार्यालय तथा ७७ वटै जिल्लामा तालाबन्दी गर्न परिपत्र गरिएको युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले जानकारी दिए ।

महासंघले जारी गरेको मतदाताको नामावलीप्रति असन्तुष्टि जनाउँदै युनियनले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा गएराति तालाबन्दी गरेको छ ।

महासंघको केन्द्रीय निर्वाचन समितिले यही असार २२ गते हुने निर्वाचनका लागि हिजो साँझ मतदाताको नामावली प्रकाशन गरेको थियो ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ७ : १९ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्