कृषिलाई प्राथमिकता दिन मुख्यमन्त्री कार्कीको आग्रह « Khabarhub

कृषिलाई प्राथमिकता दिन मुख्यमन्त्री कार्कीको आग्रह


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

विराटनगर–  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्राथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् ।

२१ औंँ राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले खाद्य सुरक्षाको लागि देशकै प्रमुख अन्नबालीका रुपमा रहेको धानको उत्पादन वृद्धि गर्नु पर्ने आवश्यकता रहेको भन्दै प्रदेश सरकारले यथोचित सहयोग गर्ने बताए ।

कृषिलाई प्राथमिकतामा दिएर उत्पादन बढाउन आवश्यक रहेको उनको भनाइ छ । कृषि क्षेत्रको सुधार नभएसम्म उद्योगहरूको अवस्थामा पनि सुधार नआउने भन्दै उनले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले सीमित श्रोत र साधनकाबीच पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

धानबालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुन उनको आग्रह छ । पछिल्लो समयमा बसाइँसराई र विदेश पलायनले कृषि क्षेत्र धराशायी बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले दिगो विकासका लागि आधुनिक कृषि कर्ममा युवाहरूले चासो देखाउनु पर्ने बताए ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ९ : ४० बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म