कोपा अमेरिका : ब्राजिलको फराकिलो जित « Khabarhub

कोपा अमेरिका : ब्राजिलको फराकिलो जित


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा ब्राजिलले फराकिलो जित निकालेको छ । आज बिहान भएको समूह ‘डी’ को खेलमा पाराग्वेलाई ४–१ गोलले हराउँदै ब्राजिल नकआउट चरण नजिक पुगेको छ ।

ब्राजिलका लागि भिनिसियस जुनियरले २ तथा साभियो र लुकास पाक्वेटाले एक–एक गोल गरेका थिए । त्यस्तै पराग्वेका लागि ओमार अलडेरेटले एक गोल फर्काएका थिए ।

यो जितपछि ब्राजिल २ खेलबाट ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । यस्तै, लगातार दोस्रो हार बेहोर्दै पाराग्वे प्रतियोगिताबाट बाहिरिएको छ ।

अब ब्राजिलले समूह चरणको अन्तिम खेल जुलाई ३ मा कोलोम्बियासँग खेल्ने छ । यस्तै, पाराग्वेले कोस्टारिकासँग खेल्नेछ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ११ : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको