चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण « Khabarhub

चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– जिल्लाको इच्छाकामना गाउँपालिकाले चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरेको छ । 

‘चिउरी र चमेरो संरक्षण’ कार्यक्रमअन्तर्गत शुक्रबार इच्छाकामना–६ कालिखोलाका चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले चिउरी चमेरो संरक्षण  कार्यक्रमअन्तर्गत चेपाङ समुदायको बसोबास रहेको कालिखोलामा पाँच सय चिउरीका बिरुवा रोपिएको बताए। उनले यस कार्यक्रमले चेपाङ समुदायको लागि आयअर्जनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । चिउरीको बिरुवा रोप्न समुदायका युवा सक्रियरुपमा सहभागी भएका उनले बताए। 

इच्छाकामना गाउँपालिका कृषि शाखाका अधिकृत आशिष त्रिपाठीले  कालिखोलामा चिउरीको सम्भावित क्षेत्र अध्ययन गरी चेपाङ समुदायको बसोबास रहेको ठाउँ पहिचान भएसँगै बिरुवा हस्तान्तरण गरिएको जानकारी दिए। 

यसअघि उक्त कार्यक्रमअन्तर्गत इच्छाकामना–१ ,२ र ६ का विभिन्न छ स्थानमा चिउरी र चमेरो संरक्षण गर्नुपर्ने विषयमा पैरवी, जनचेतना अभिवृद्धि गराउनेलगायत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको त्रिपाठीले बताए। उनका अनुसार यसपटक पनि चेपाङ समुदायबाट माग भएअनुसार बिरुवा वितरण गरिएको हो ।

वडा नं ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले यस कार्यक्रमले चेपाङ समुदायको आर्थिक तथा सामाजिक क्षेत्रको उत्थान गर्नुका साथै परम्परादेखि जोडिएको चेपाङ चिउरी र चमेरोबीचको पारिस्थितिक प्रणाली सुदृढ पार्न सहयोग पुर्‍याउने बताए। चेपाङ समुदायको आयआर्जन वृद्धिसम्बन्धी विभिन्न तालिम, सीप, कृषि औजार, बीउलगायत उपलब्ध गराउँदै आइएको उनले जानकारी दिए। 

सो अवसरमा गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, जनप्रतिनिधिलगायतले केही चिउरीका बोटहरू रोपेका थिए । 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  २ : १५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।