एकीकृत समाजवादीको महाधिवेशनको तयारी पूरा  « Khabarhub

एकीकृत समाजवादीको महाधिवेशनको तयारी पूरा 


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले भोलिबाट हुने दशौँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ।

आज पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको एकीकृत समाजवादीका एक नेताले बताएका हुन् । पार्टी महासचिव घनश्याम भुसालका अनुसार,  भृकुटी मण्डपमा भेला भई ११:३० बजेबाट कार्यक्रम सुरु हुनेछ।

महाधिवेशनमा १८४७ प्रतिनिधि सहभागी सहभागी हुने भुसालको दाबी छ । महाधिवेशनको उम्मेदवार बन्नका लागि नेकपा एकीकृत समाजवादीले न्यूनतम मापदण्डसमेत तोकेको छ। सो मापदण्ड प्रभावकारी रूपमा फलो हुने महासचिव भुसालको भनाइ छ।

 

नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनमा अध्यक्ष पदका लागि पार्टी अध्यक्ष माधव नेपाल सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्यास भुसाल पनि दाबेदार छन्।

तर नेपालको पक्षमा सहमति जुटाउने प्रयास भइरहेको नेपाल पक्षहरूका नेताहरूको भनाइ छ। यता झलनाथ खनालले आफू अध्यक्ष नभए महासचिव भुसाललाई सहयोग गर्ने गाईँगुईँ हल्ला चलेको छ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  २ : ४७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार