गुटबन्दीकै कारण पार्टीले ठूलो धक्का खाएको छ : माधव नेपाल « Khabarhub

गुटबन्दीकै कारण पार्टीले ठूलो धक्का खाएको छ : माधव नेपाल


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा गुटबन्दी नहुने बताएका छन् ।

अध्यक्ष नेपालले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा नेता, कार्यकर्ताहरुबीच भेटघाट हुने, छलफल हुने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताएका हुन्।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भ पारेर शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका सबै नेता, कार्यकर्ताले महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएको समेत बताए।

उनले भने ‘गुटबन्दीकै कारण कम्युनिस्ट पार्टीले धेरै ठूलो धक्का खाएको छ, अब गुटबन्दी हुँदैन। हामीले महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प गरेका छौं । नेता, कार्यकर्ताहरू त्यही दिशामा अघि बढिरहनुभएको छ ।’

भोलिबाट हुने पार्टीको दशौँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ। महाधिवेशनमा १८४७ प्रतिनिधि सहभागी हुने बताइएको छ । 

महाधिवेशनको उम्मेदवार बन्नका लागि नेकपा एकीकृत समाजवादीले न्यूनतम मापदण्डसमेत तोकेको छ।

 महाधिवेशनमा अध्यक्ष पदका लागि पार्टी अध्यक्ष माधव नेपाल सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्यास भुसाल पनि दाबेदार छन्।

तर नेपालको पक्षमा सहमति जुटाउने प्रयास भइरहेको नेपाल पक्षहरूका नेताहरूको भनाइ छ। यता झलनाथ खनालले आफू अध्यक्ष नभए महासचिव भुसाललाई सहयोग गर्ने समेत कुरा चलेको छ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ३ : २७ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच