ताप्लेजुङमा पनि धान दिवस मनाइयो « Khabarhub

ताप्लेजुङमा पनि धान दिवस मनाइयो


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– पहाडी जिल्ला ताप्लेजुङमा पनि असार १५ अर्थात् धान दिवस मनाइएको छ । राष्ट्रिय कृषक समूह महासङ्घ जिल्ला समन्वय समितिको आयोजनामा रोपाइँ गरेर धान दिवस मनाइएको हो ।

फुङ्लिङ नगरपालिका–३ केनिममा नौमती बाजासहित भएको रोपाइँ कार्यक्रमको सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईले उद्घाटन गरे। कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त कार्की, फुङ्लिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझालगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू र स्थानीयको सहभागिता थियो ।

विगतका वर्षदेखि नै सदरमुकाम नजिकैपर्ने केनिममा धान दिवसका अवसरमा कार्यक्रम हुँदै आएको छ । कार्यक्रममा सहभागी स्थानीय कृषकले कृषिमा युवाको आकर्षण बढ्ने योजना तथा कार्यक्रमको आवश्यकता रहेको बताएका थिए । कृषि उत्पादन वृद्धि तथा कृषकलाई प्रोत्साहन गर्ने प्रभावकारी योजना नहुँदा कृषिप्रति युवाको आकर्षण घट्दै गएकामा चिन्ता व्यक्त गरेका थिए ।

जिल्लामा पर्याप्त वर्षा भएसँगै यहाँका किसानलाई रोपाइँको चटारो छ । जिल्लाको अधिकांश जनसङ्ख्या खेतीकिसानी गरेर जीवननिर्वाह गर्दै आएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ५ : २७ बजे

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज