ताप्लेजुङमा पनि धान दिवस मनाइयो « Khabarhub

ताप्लेजुङमा पनि धान दिवस मनाइयो


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– पहाडी जिल्ला ताप्लेजुङमा पनि असार १५ अर्थात् धान दिवस मनाइएको छ । राष्ट्रिय कृषक समूह महासङ्घ जिल्ला समन्वय समितिको आयोजनामा रोपाइँ गरेर धान दिवस मनाइएको हो ।

फुङ्लिङ नगरपालिका–३ केनिममा नौमती बाजासहित भएको रोपाइँ कार्यक्रमको सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईले उद्घाटन गरे। कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त कार्की, फुङ्लिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझालगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू र स्थानीयको सहभागिता थियो ।

विगतका वर्षदेखि नै सदरमुकाम नजिकैपर्ने केनिममा धान दिवसका अवसरमा कार्यक्रम हुँदै आएको छ । कार्यक्रममा सहभागी स्थानीय कृषकले कृषिमा युवाको आकर्षण बढ्ने योजना तथा कार्यक्रमको आवश्यकता रहेको बताएका थिए । कृषि उत्पादन वृद्धि तथा कृषकलाई प्रोत्साहन गर्ने प्रभावकारी योजना नहुँदा कृषिप्रति युवाको आकर्षण घट्दै गएकामा चिन्ता व्यक्त गरेका थिए ।

जिल्लामा पर्याप्त वर्षा भएसँगै यहाँका किसानलाई रोपाइँको चटारो छ । जिल्लाको अधिकांश जनसङ्ख्या खेतीकिसानी गरेर जीवननिर्वाह गर्दै आएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ५ : २७ बजे

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु