रूसको सीमावर्ती गाउँमा युक्रेनी ड्रोन आक्रमण, पाँच जनाको मृत्यु | Khabarhub Khabarhub

रूसको सीमावर्ती गाउँमा युक्रेनी ड्रोन आक्रमण, पाँच जनाको मृत्यु


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूसी सीमावर्ती गाउँमा रहेको एउटा घरमा भएको युक्रेनी ड्रोन आक्रमणमा दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन् ।

युक्रेनको सिमानाबाट केही मिटर पर रहेको रूसको कुस्र्क क्षेत्रको एउटा सानो गाउँ गोरोडिस्चको एउटा घरमा ड्रोन आक्रमण भएको हो ।

कुर्स्कका गभर्नर एलेक्सई स्मिर्नोभले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरे, ‘उक्त आक्रमणमा दुई साना बच्चासहित पाँच व्यक्तिको मृत्यु भएको थियो । परिवारका अन्य दुई सदस्यको अवस्था गम्भीर रहेको छ ।’

सन् २०२२ फेब्रुअरीमा सुरु भएको द्वन्द्वमा दुवै पक्षले सयौं किलोमिटरसम्मको दायरासहित ठूला विस्फोटक शिल्पसहितका ड्रोन प्रयोग गरेका छन् ।

युक्रेनले यस वर्ष रूसी भूभागमा आफ्नो आक्रमणलाई तीव्र पारेको छ ।

 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ५ : ४० बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको