कृषि उत्पादनलाई पर्यटनसँग जोडौँ : मुख्यमन्त्री पाण्डे « Khabarhub

कृषि उत्पादनलाई पर्यटनसँग जोडौँ : मुख्यमन्त्री पाण्डे


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

एक्काइसौँ धान दिवसका अवसरमा पोखरा पर्यटन परिषद्ले आज पोखरा–२३ को मार्गी फोवाफाँटमा आयोजना गरेको १९औँ असारे रोपाइँ महोत्सव–२०८१ को उद्घाटन गर्दै उनले रैथाने बालीको संरक्षण तथा उत्पादन गर्दै पर्यटकलाई आकर्षित गर्न सके किसानको पनि आयआर्जन बढाउन सकिने धारणा राखे ।

सिँचाइको सुविधा भएका फाँटसमेत बाँझै हुँदा विदेशबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले खेतीयोग्य जमिनलाई बाँझो हुन नदिने किसानलाई अनुदान उपलब्ध गराउँदै प्रोत्साहित गर्नुपर्ने बताए। खेतीयोग्य भूमि टुक्राउने कार्यलाई रोक्दै त्यस्ता जग्गामा धानलगायतका बाली लगाउन जरुरी रहेको उहाँको भनाइ थियो ।

त्यसअवसरमा किसानले मुख्यमन्त्री पाण्डेलाई जेठो बुढो जातको धान र घ्यू उपहार दिएका थिए ।

गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पर्यटनसँग कृषि उत्पादनलाई जोड्न सक्यौँ भने किसानमा समृद्धि आउने धारणा व्यक्त गरे। उनले कृषिमा आधुनिकीकरण जरुरी भएको समेत उल्लेख गरे ।

गण्डकी प्रदेशसभाका सदस्य प्रकाश बरालले प्रत्येक वर्ष हर्पन खोलाले किसानलाई दुःख दिने गरेको उल्लेख गर्दै खोला संरक्षण जरुरी भएको बताए । वर्षामा धान खेतमा खोलाको बाढी पस्दा किसानले दुःख पाउने गरेको उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले किसानलाई प्रोत्साहन गर्न प्रत्येक वर्ष कास्कीका विभिन्न ठाउँमा परिषद्ले रोपाइँ महोत्सव गर्दै आएको बताए ।

महोत्सवमा स्थानीय, आन्तरिक तथा विदेशी पर्यटक हिलोमा रमाएका थिए भने सोही अवसरमा हिलेदौड, भलिबल, हिलोमा माछा छोप्ने, डोरी तान्नेलगायतका कार्यक्रम आयोजना गरिएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ६ : २६ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक