गायक सुरेश गन्धर्वको घरलाई झ्याल जुट्यो « Khabarhub

गायक सुरेश गन्धर्वको घरलाई झ्याल जुट्यो


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

धरान– वरिष्ठ गायक तथा सारंगी बादक सुरेश गन्धर्वको घरको लागि तीनवटा आल्मुनियमको झ्याल जुटेको छ । २१ हजार लागत रहने झ्याल विभिन्न व्यक्तिहरुको सहयोगमा जुटेको हो ।

उनी दुबै मृगौला फेल र मुटु रोगी भएकाले आर्थीकरुपमा अवस्था नाजुक थियो ।

 ७० वर्षिय गन्धर्वका ‘रिङ्केबुङको राँगालाई’,वारी खोला पारि नि खोला बिचैमा पापी दोभान बोलका चर्चित गीतका गायक हुन्।

भोजपुरमा जन्मिएर भारतको कालेबुङ, दार्जिलिङ र २०४९ सालदेखि धरानलाई कर्मभूमि बनाएर गीत, संगीत क्षेत्रमा जीवन अर्पण गरेका गन्धर्वलाई धरान ८ नम्बर वडा कार्यालयले धरान ८ सभागृहमार्ग नमुना वस्तीमा सात धुर जग्गा उपलब्ध गराएको थियो ।

दाताहरुको सहयोगमा निर्माण गरिएको घरको झ्याल आर्थिक अभावका कारण लगाउन सकिएको थिएन । विभिन्न सहयोगदाताको सहयोगमा आल्मुनियम झ्यालको व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ७ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको