पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा परी १० जनाको मृत्यु, तीन घाइते « Khabarhub

पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा परी १० जनाको मृत्यु, तीन घाइते


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका विभिन्न क्षेत्रमा आज विपद्जन्य घटनामा परेर १० जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गुल्मी, बागलुङ र स्याङ्जामा पहिरोेमा पुरिएर नौजनाको मृत्यु भएको हो भने दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । पहिरोले घर पुर्दा बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा एक दम्पती र स्याङ्जामा आमाछोरीको मृत्यु भएको

यस्तै, दाङको राजपुर गाउँपालिका–२ मटेरियाकी ३९ वर्षीया भूमिसरा बुढा मगरको चट्याङ लागेर मृत्यु भएको जनाइएको छ ।

ती घटनाहरुमा तीनजना घाइते भएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए । यस वर्षको मनसुन सुरु भएपछि विपद्जन्य घटनामा परेर ३८ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १० : ४० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली