ब्रत सकिएपछि के खाने, के नखाने ? « Khabarhub

ब्रत सकिएपछि के खाने, के नखाने ?


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज यस वर्षको दोस्रो सोमबारे ब्रत सकिएको छ । सातामा कम्तीमा एक दिन ब्रत बस्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

तर, ब्रत सकिएपछि मानिसहरू खान नहुने कुरा बढी खाएर पनि बिरामी पर्ने गरेका चिकित्सकहरू बताउँछन् ।

दिनभरको ब्रत सकिएपछि बेलुका अन्न खान नहुने धार्मिक मान्यता छ । तर, फलफूल र झोलयुक्त पदार्थ खान धार्मिक छुट छ ।

ब्रतको दिन प्रशस्त पानी, फलफूल र फलफूलको जुस खान सकिन्छ । ब्रत बस्दा निरहार बस्दा राम्रो भए पनि स्वास्थ्यमा समस्या हुनेले पहिला पानी वा झोलिलो कुरा खान चिकित्सकहरू सुझाव दिन्छन्।

दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन नसक्ने भएकाले हल्का खानेकुरा खान सकिन्छ । लामो ब्रतपछि एकै पटक धेरै खानेकुरा खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न भएर मानिस बेहोस हुन सक्छ ।

ठोस खाना मात्रै होइन, पानी पनि एक्कासि धेरै पिउनुहुँदैन । पहिले थोरै खाएर केही बेर आराम लिएपछि फेरि खानु उपयुक्त मानिन्छ ।

ब्रत सकिएपछि आँटाको रोटी बनाई आलुसँग खान सकिन्छ । ब्रतमा साबुदाना र दूध मिलाएर शुद्ध परिकार बनाएर खाँदा पनि आडिलो हुने बताइन्छ ।

ब्रतमा बदाम भिजाएर दूधमा लगाएर पनि खान सकिन्छ ।

ब्रत सकिएपछि केहीक्षण राहत भन्दै कोल्ड ड्रिङ्क लिने बानी छ भने त्यसले मुटुमा गम्भीर खतरा पैदा गर्छ । खाली पेटमा तत्काल चिया पिउनु पनि ठिक नहुने चिकित्सकहरू बताउँछन् । यसका अतिरिक्त मसलेदार खाना पनि राम्रो हुँदैन ।

दिनभर केही नखाएर सुख्खा भएको खाना नलीमा एक्कै पटक साह्रो खाना खाँदा समस्या हुन्छ । त्यसले खानाका नलीहरू फुट्ने सम्भावना हुन्छ।

त्यसैले पेटलाई पचाउन सजिलो हुने खानेकुरा खानुपर्छ। पहिला थोरै खाना खाने नरम खाना खाने गर्नुपर्छ। आधा घण्टापछि नर्मल खाना खान सकिन्छ।

भोलिपल्ट बिहान काँडा पानी, चिया र दूध खाने गर्नुपर्छ। अदुवा चपाउन सकिन्छ, यसले घाँटीको नशा खुल्छ। त्यसपछि नरम खाना हलुवा नरम खाना भात खाँदा हुने पाेषणविदको सुझाव छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ६ : ५५ बजे

राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानुन बन्दै : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र

‘घाइते जेन-जी नेपाल’को कार्यालय उद्घाटन (तस्बिरहरू)

काठमाडौं– बबरमहलमा ‘घाइते जेन–जी नेपाल’को कार्यालय उद्घाटन गरिएको छ ।