श्रीलंकाविरुद्धको सिरिजमा भारतको लगातार दोस्रो जित « Khabarhub

श्रीलंकाविरुद्धको सिरिजमा भारतको लगातार दोस्रो जित


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकाविरुद्धको टी-२० सिरिजमा भारतले लगातार दोस्रो जित निकालेको छ। सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा पुगेको भारतले वर्षाका कारण अवरुद्ध भएको खेलमा डिएलएस पद्धतिमा दोस्रो खेल ७ विकेटको जित निकालेको हो। पहिलो खेलमा भारत ४३ रनले विजयी भएको थियो।

टस जितेर सुरुमा ब्याटिङको निम्तो दिएको भारतविरुद्ध श्रीलंकाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १६१ रन बनाएको थियो।

श्रीलंकाका लागि कुसल परेराले ५३ रनको अर्धशतकीय इनिङ खेले। ३४ बलको सामना गरेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। पथुम निसानकाले ३२ रन जोड्दा कामिन्दु मेन्डिसले २६ रन बनाए। श्रीलंकाका कप्तान चरिथ असालान्का १४ रनमा आउट भएका थिए।

श्रीलंकालाई सस्तैमा समेट्न भारतका लागि रवि बिश्नोईले तीन विकेट हात पारे। चार ओभर बलिङ गरेका उनले २६ रन खर्चिए। भारतका लागि अक्षर पटेल, हार्दिक पाण्डेय र आर्शदीप सिंहले समान दुईदुई विकेट हात पारे।

१६२ रनको लक्ष्य पछ्याएको भारतले ब्याटिङ सुरु गरे लगत्तै वर्षा भएपछि खेल अवरुद्ध भएको थियो। वर्षाले खेल अवरुद्ध भएपछि आठ ओभरमा छोट्याइएपछि भारतले ७८ रनको चुनौती पाएको थियो। भारतले उक्त लक्ष्य ६.३ ओभरमा तीन विकेटको क्षतिमा ८१ रन बनाउँदै भेट्टाएको हो।

भारतका लागि यशस्वी जैसवालले १२ बलमा सर्वाधिक ३० रन बनाउँदा कप्तान सूर्यकुमार यादवले १२ बलमा २६ रन जोडे। हार्दिक पण्डेयले ९ बल खेल्दै नटआउट २२ रन बनाए।

श्रीलंकाका लागि महेश थेक्षाना, वानिन्दु हसरंगा र मथिसा पाथिरानाले एकएक विकेट हात पारे। यो जितसँगै भारत शृङ्खलामा २-० ले अगाडि छ।

सूर्यकुमारको कप्तानी : पहिलो खेलमा श्रीलंकामाथि भारत ४३ रनले विजयी

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ६ : ४१ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका