ग्लोबल टी-२० मा नेपाली कप्तानको टिम पराजित, कस्तो भयो रोहितको प्रदर्शन ? | Khabarhub Khabarhub

ग्लोबल टी-२० मा नेपाली कप्तानको टिम पराजित, कस्तो भयो रोहितको प्रदर्शन ?


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यानडाको ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल सहभागी टोरोन्टो नेसनल्स तेस्रो खेलमा पराजित भएको छ। सुरुका दुई खेलमा विजयी भएको टोरोन्टो तेस्रो खेलमा सर्रे ज्यागुअर्ससँग ८० रनले पराजित भएको हो।

सुरुमा ब्याटिङ गरेको सर्रेले दिएको १६२ रनको लक्ष्य पछ्याएको टोरोन्टो १७.१ ओभरमा ८१ रन बनाउँदै अलआउट भएको हो। रोहितले २५ बलको सामना गर्दै मात्र १० रन जोडे। धेरै बलको सामना गरे पनि उनले रन जोड्न नसकेका हुन्।

टोरोन्टोका लागि उन्मुक्त चन्दले सर्वाधिक २१ रन जोडे। रासी भानले १५ रन जोड्दा निकोलस किर्टनले ११ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

तीन खेलबाट चार अंक बनाएको टोरोन्टो तालिकाको दोस्रो स्थामा झरेको छ। टोरोन्टोलाई पराजित गरेको सर्रे भने २ अंकसहित तेस्रो स्थानमा छ।

सोही प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सहभागी भ्यानकुभर नाइट्स भने तीन खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ७ : १२ बजे

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल