रामायणको तयारीले धार्मिक भएँ : रणवीर कपुर « Khabarhub

रामायणको तयारीले धार्मिक भएँ : रणवीर कपुर


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नितिश तिवारीको निर्देशन रहने बलिउड फिल्म ‘रामायण’मा नायक रणवीर कपुर ‘राम’को भूमिकामा देखिँदै छन् । सो पात्रको निर्वाह गर्न हिन्दू धर्मसँग सम्बन्धित किताबहरू पढ्दै गरेको उनले बताए ।

भर्खरै निखिल कमातसँगको अन्तर्वार्तामा उनले किताबहरू पढ्दै जाँदा धर्मप्रति झन् विश्वास बढेको बताएका हुन् ।

उनले आफ्नो बुबा पनि धर्ममा विश्वास राख्ने बताउँदै भने, ‘मैले सनातन धर्ममा धेरै विश्वास गर्न थालेको छु । गहिराइमा बुझ्दै जाँदा थाहा पाएँ कि यो के हो भनेर ।’

यद्यपि भगवानप्रति विश्वास बाल्यकालदेखि नै रहेको उनले सेयर गरेका छन् । आफू सानो हुँदा बुवा (ऋषि कपुर)ले दैनिक पूजा गर्ने हुँदा भगवानप्रति विश्वास बढेको उनी स्मरण गर्छन् । भन्छन्, ‘आमा–बुबालाई सन्तानले पछ्याउँछन् । सोहीकारण ममा पनि भगवानप्रति राम्रो भावना विकास भयो ।’

सो अन्तर्वार्तामा उनले धार्मिक आस्थासँग जोडिएको केही किस्साहरू पनि सेयर गरेका छन् । बाल्यकालमा नै  ‘भगवानलाई पुकारेर मागेको कुरा पूरा हुने शक्ति’ आफूमा बलियो रहेको महसुस भएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘मैले भगवानसँग जे माग्थेँ, त्यो सहज पूरा हुन्थ्यो । तर मैले सानै उमेरमा भगवानसँग माग्न छोडेँ ।’

बुबा भन्दा आमा (नितु कपुर) धर्मप्रति कम विश्वास राख्ने र कमै मात्र धार्मिक कर्ममा लाग्ने समेत उनले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ७ : ०४ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको