गम्भीर आरोप र विवादपछि कृष्णमान आफैंले फिर्ता लिए नाम « Khabarhub

गम्भीर आरोप र विवादपछि कृष्णमान आफैंले फिर्ता लिए नाम


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।

प्रस्तावित आयुक्त प्रधानबारे संसदीय सुनुवाइ सकेर अनुमोदन गर्ने-नगर्नेबारे निर्णय लिन साँझ ५ बजे संदीय सुनुवाइ विशेष समितिको बैठक बस्नुअघि नै आफ्नो नाम फिर्ता लिएका हुन् ।

प्रधानले समितिमा निवेदन दिएर आफ्नो नाम फिर्ता लिएका हुन् । नाम फिर्ता लिन निवेदन दिएसँगै उनको अनुमोदनबारे निर्णय लिन डाकिएको बैठक स्थगित भएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रधानबारे समितिमा यौन दुराचारसम्बन्धी गम्भीर उजुरी परेको थियो । उच्च नैतिक चरित्रको नभएको भन्दै उनको नाम अनुमोदन नगर्न समितिसमक्ष दबाब बढेको थियो ।

सोमबार बिहान ११ बजेका लागि डाकिएको बैठक विवादबीच सारिएको थियो । बैठक सारेर सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरू आन्तरिक छलफलमा जुटेका बेला प्रधानले नाम फिर्ता लिएका हुन् ।

प्रधानबारे उनकै कार्यालयमा कार्यरत महिलाले यौन शोषण गरेको आरोप लगाएकी थिइन् । पूर्व सहकर्मीले आफूलाई लामो समयदेखि यौन शोषण गरेको भन्दै समितिमा उजुरी दिएकी थिइन् । प्रधानले उक्त विषय अदालतबाट टुंगिसकेको जिकिर गरेका थिए ।

 

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  २ : १३ बजे

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६