सहकारी ठगी प्रकरण- विदेशमा लुकेका यी १८ सञ्चालक जसलाई सरकारले खोज्दैछ | Khabarhub Khabarhub

सहकारी ठगी प्रकरण- विदेशमा लुकेका यी १८ सञ्चालक जसलाई सरकारले खोज्दैछ


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्न भएर विदेश भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

देशबाहिर रहेका १८ जनाको नाम समितिले गृहमन्त्रीलाई उपलव्ध गराएको छ । उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति संयोजक सूर्य थापाले जानकारी दिएका छन् ।

अहिले सहकारीको अर्बौँ बचत ठगेर भागेकामध्ये सबैभन्दा चर्चित ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई हुन् । उनी मलेसियामा लुकेर बसेको अनुमान छ ।

यसअघिका गृहमन्त्री रवि लामिछानेले उनलाई पक्राउ गरेर नेपाल ल्याउने कोसिस भइरहेको बताएका थिए ।

सोमबार सिंहदरबारमा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगायतसँग छलफल गर्दै समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिएको हो ।

को कुन देशमा

१) जीबी राई (स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.) – मलेसिया
२) भरत महर्जन (सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.) – बेलायत
३) राजमाया महर्जन श्रीमती (सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.) – बेलायत
४) सचिन महर्जन (सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.) – बेलायत
५) छोरा, सरला महर्जन छोरी (सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.) – बेलायत
६) ज्ञानबहादुर बम्जन (सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.) – अमेरिका
७) थानबहादुर बुढामगर (सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात
८) भूपेन्द्र राई (सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात
९) तेजबहादुर बम्जन तामाङ (शिवदर्शन बचत तथा ऋण सहकारी संस्था लि.) -भारत/युरोप
१०) देवकुमार नेपाली (इमेज बचत तथा ऋण सहकारी संस्था लि.) – भारत
११) छेदा नेपाली (इमेज बचत तथा ऋण सहकारी संस्था लि.) – भारत
१२) तस्बिरन खातुन (सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात
१३) असरफ अली (सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि.)  – अज्ञात
१४) सुभास केसी (सहारा बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात
१५) दीपक पौडेल (इमेज बचत तथा ऋण सहकारी संस्था लि.) – भारत
१६) लीलानाथ गौतम (शिवशिखर बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात
१७) महाशंकर रेग्मी (मेघा ड्रिम बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात
१८) प्रेमध्वज लामा (कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लि.) – अज्ञात

बचतकर्ताको अर्बौँ हिनामिना गरेर भागेकाहरूमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका जीबी राई मलेसियामा लुकेको निष्कर्ष सरकारले निकालेको छ।

त्यसैगरी सूर्यदर्शन बचत तथा सहकारी संस्था लिमिटेडका सञ्चालक ज्ञानबहादुर बम्जन अमेरिका भासिएकाले फिर्ता ल्याएर बयान गराउनु आवश्यक रहेको संसदीय छानबिन समितिले जनाएको छ ।

त्यस्तै सुमेरू बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक भरत महर्जन, श्रीमती राजमाया महर्जन, छोरा सचिन र छोरी सरलासहित सपरिवार बेलायतमा लुकेको पाइएको छ ।

सहकारी ठगीमा संलग्न भनिएका अन्य ८ जना पनि विदेशमै भए पनि कुन देशमा लुकेका छन् भन्ने पत्ता नलागेको संसदीय छानबिन विशेष समितिका संयोजक थापाले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  २ : ३५ बजे

‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं – काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको

करिब नौ करोड बराबरको मालवस्तु बङ्लादेश निर्यात

झापा – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका

नेपालको संविधान विश्वमै उत्कृष्ट छ : नेता महत

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले

मालीको राजधानीेमा भएको जिहादी आक्रमणमा ७७ को मृत्यु

बामाको – मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र