कृषि समितिको सभापतिमा कांग्रेसकी कुसुमको उम्मेदवारी | Khabarhub Khabarhub

कृषि समितिको सभापतिमा कांग्रेसकी कुसुमको उम्मेदवारी


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि, सहकारी तथा प्राकृतिक स्रोत साधन समितिको सभापतिका लागि नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरले उम्मेदवारी दर्ता गराएकी छन् ।

उनले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको समर्थनमा सोमबार दिउँसो उम्मेदवारी दर्ता गराएकी हुन् ।

संसदीय समितिअन्तर्गतको उक्त समितिको सभापतिका लागि सांसद थापामगरको प्रस्तावकमा कांग्रेस सांसद बीरबहादुर बलायर र समर्थकमा एमाले सांसद सूर्यप्रसाद ढकाल रहेका छन् ।

समिति सभापति डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिका लागि नयाँ सभापति चयनको प्रक्रिया अघि बढेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ३ : ३१ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’