व्यवसायीका लागि सहज नीति ल्याउँछु : सहरी विकासमन्त्री सिंह « Khabarhub

व्यवसायीका लागि सहज नीति ल्याउँछु : सहरी विकासमन्त्री सिंह


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवसाय गर्नेलाई सजिलो वातावरण सिर्जना गर्नको लागि नीति निर्माण गर्ने बताएका छन् ।

सोमबार ३०औँ कार्गो दिवसको उद्घाटन समारोहमा उनले नीति निर्माणको साथै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने बताए ।

उनले भने, ‘नेपाल सरकारको तर्फबाट तपाईँहरूको काम गर्दा जुन नीति सम्बन्धी समस्या भोगिरहनु भएको छ । त्यसको लागि खुकुलो पार्नेदेखि लिएर व्यवस्थित गर्नको लागि भूमिका निर्वाह गर्छु । काम र व्यवसाय गर्नेहरूलाई सजिलो होस भनेर नीतिहरू ल्याउने काम वर्तमान सरकारले गरेको छ ।’

उनले वर्तमान सरकारले अर्थतन्त्रलाई अगाडि बढाउने कामहरू गरिरहेको भन्दै कुराभन्दा पनि काम गरेर देखाउने सरकारको मान्यता रहेको बताए ।

उनले भने, ‘तपाईँहरू के कुरामा ढुक्क भएर बस्नु भने अहिलेको सरकारले अर्थतन्त्रलाई अगाडि बढाउने कामहरू गरिरहेको छ । धेरै कुराभन्दा पनि काम गरेर देखाउनु छ । त्यसमा सरकारले गर्नुपर्ने काम भन्नुहोला । सहकार्य गरौँ ।’

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ३ : ५८ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर