युगकवि सिद्धिचरण पुरस्कार प्राडा ठाकुरलाई  « Khabarhub

युगकवि सिद्धिचरण पुरस्कार प्राडा ठाकुरलाई 


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्राध्यापक डाक्टर उषा ठाकुरलाई प्रदान गरेको छ ।

युगकवि सिद्धिचरण जयन्तीका अवसरमा सोमबार काठमाडौंमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुरलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।

तीनदशकदेखि युगकविका कृति र व्यक्तित्वका बारेमा अध्ययन तथा अनुसन्धान गरी देश विदेशमा फैलाउन विशिष्ट योगदान पुर्‍याएबापत प्राडा ठाकुरलाई युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्रदान गरिएको हो ।

यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई प्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिद्धिचरणका रचनाहरुमा सामाजिक, न्याय र समानताका साथै विकास र परिवर्तनको चेतना देखिएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुई वटा कृति विमोचन गरे ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ५ : १० बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको