ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता, के भयो कुराकानी? « Khabarhub

ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता, के भयो कुराकानी?


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल—अमेरिका सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा मन्त्री खड्काले नेपाल–अमेरिकाबीचको ७७ वर्ष लामो सम्बन्धलाई थप प्रगाढ बनाएर अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए । उनले ऊर्जा क्षेत्र नेपालको आर्थिक विकासको सबैभन्दा ठूलो क्षेत्र भएकाले यसलाई अगाडि बढाउन अमेरिकाको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

‘युएसएआईडीमार्फत अमेरिकाले नेपालको विकासमा ठूलो सहयोग गरेको छ, आगामी दिनमा पनि यस्तो सहयोग हुने विश्वास लिएको छु’, मन्त्री खड्काले भने । ऊर्जा क्षेत्रको विकासमा भएका कानूनी झन्झटलाई हटाएर सरकार अगाडि बढ्ने उनको भनाइ थियो ।

भेटमा अमेरिकन राजदूत थम्पसनले नेपालको आर्थिक र सामाजिक विकासका लागि अमेरिका सधैँ सहकार्य गर्न तयार रहेको बताए । उनले आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ६ : ०८ बजे

नेपाल एकीकरणको साक्षी २३६ वर्ष पुरानो अमरगढी किल्ला (तस्बिर)

डडेल्धुरा– डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपालको एकीकरण अभियानको महत्वपूर्ण इतिहास

बाँकेमा सहकारीद्वारा धान खरिद

बाँके– बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

काठमाडौँ– रामेछापको विकास र समृद्धिसँग जोडिएको एक हजार २१६ मेगावाट

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

काठमाडौँ– नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा