गगन भन्छन् : भ्रष्टाचारमा मुछिएकाले शक्तिमा पुग्दैमा छुट पाउँदैनन्, कारबाही हुन्छ « Khabarhub

गगन भन्छन् : भ्रष्टाचारमा मुछिएकाले शक्तिमा पुग्दैमा छुट पाउँदैनन्, कारबाही हुन्छ


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसुकै शक्तिशाली व्यक्तिमाथि कुनै प्रकरणमा मुछिएको भए छानबिन गरेर दोषीमाथि कारबाही हुने बताएका छन् ।

पार्टीको कार्यक्रममा सहभागी हुन दक्षिण कोरिया पुगेका थापाले त्यहाँ आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । ‘सबै प्रकरणमा छानबिन हुनु पर्छ । कानुनमाथि कोही पनि छैनन्’, उनले भने ।

पछिल्लो समय कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि कांग्रेसका महामन्त्रीयद्वय थापा र विश्वप्रकाश शर्मामाथि भ्रष्टाचार प्रकरणमा बोल्न छोडेको आरोप लागिरहेको छ ।

पुराना भ्रष्टाचार प्रकरणमा नबोलेको आरोपबीच उनले जुनसुकै प्रकरणमा छानबिन गरेर जोसुकै दोषी भए पनि कारबाही हुनुपर्ने बताएका हुन् ।

‘हामीकहाँ कोही सत्तामा भएकाले शक्तिशाली भएको हुन्छ । कोही पार्टीको नेता भएको कारणले बलियो हुन्छ, कोही भीडका कारण शक्तिशाली हुन्छन्’, उनले भने, ‘हामीले अहिले उठाउनुपर्ने भुटानी शरणार्थी र गिरीबन्धुको कुरा मात्रै होइन । हामी संसद्मा छौं, ढुक्क हुनुस् । नेपालमा जतिसुकै शक्तिशाली व्यक्तिलाई पनि छानबिन हुन्छ ।’

उनले यो सरकारले कसैलाई पनि नछाड्ने बताए । ‘चाहे सरकारमा बसेको कारणले होस् या पार्टीको नेता भएको कारणले होस् वा सामाजिक सञ्जालमा आउने भीडले भगवान भनिदिने कारणले होस्, जोसुकै होस्, शक्तिमा बसेको मान्छेले गल्ती गर्दा छुट पाउँछ भने त्यो लोकतन्त्र होइन’, उनले सम्बोधनका क्रममा भने ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ६ : ३३ बजे

चीनबाट तेस्रो चरणको राहत सामग्री र थप १० फरेन्सिक विज्ञ नेपाल आइपुगे

काठमाडौं– चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो चरण

भोटेकोशी बाढीपीडितका लागि टंक सापकोटाको ५१ लाख सहयोग

पोर्चुगल– टंक सापकोटाले ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग

नेतान्याहुलाई आफ्नै राजनीतिक आधारमा मत विभाजनको चुनौती

जेरुसेलम- अक्टोबर २७ मा हुने आमनिर्वाचनमार्फत पुनः सत्तामा फर्कने प्रयासमा रहेका

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढी

संसदमै लडे सांसद खड्का

काठमाडौं– नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधि सभा बैठकमै ढलेका