कांग्रेसले मन्त्रीको नाम सिफारिस नगर्दा सरकार गठनमा समय लाग्यो : मुख्यमन्त्री कार्की « Khabarhub

कांग्रेसले मन्त्रीको नाम सिफारिस नगर्दा सरकार गठनमा समय लाग्यो : मुख्यमन्त्री कार्की


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कांग्रेसले मन्त्रीहरूको नाम सिफारिस गर्न ढिला गरेका कारण सरकार गठनमा समय लागेको बताएका छन् ।

सोमबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार गठन बारे लगभग सहमति भइसकेको र नेकपा एमालेले मुख्यमन्त्री सहित ५ वटा र नेपाली कांग्रेसले ४ वटा मन्त्रालय लिने सहमति भएको बताए ।

तर कांग्रेसका तर्फबाट नाम नआउँदा ढिलाइ भएको उनको भनाइ छ । उनले केन्द्रमा भएको सहमति अनुसार नै आधा आधा कार्यकाल सरकार चलाउने सहमति भए अनुसार चाडै मन्त्रिमण्डल पुनर्गठन हुने धारणा राखे ।

मुख्यमन्त्री कार्कीले बजेट संशोधन नभई केही विषयमा पुनरावलोकन गरिने समेत बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ६ : ४६ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच