सुदूरपश्चिम प्रदेश : कार्यसूचीमा प्रवेश नगरी प्रदेशसभाको बैठक स्थगित « Khabarhub

सुदूरपश्चिम प्रदेश : कार्यसूचीमा प्रवेश नगरी प्रदेशसभाको बैठक स्थगित


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीको अनुपस्थितिपछि  सुदूरपश्चिम प्रदेशसभाको आजको बोलाइएको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको छ ।

बैठक प्रारम्भ गर्दै सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेश नियमावलीअनुसार आजको बैठकमा मन्त्रीको उपस्थिति नभएकाले अर्को सूचना प्रकाशित नभएसम्म बैठक स्थगित गरिएको जानकारी गराएका हुन्  ।

नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाली कांग्रेसलगायत दलको मागबमोजिम प्रदेश प्रमुखले आह्वान गरेको अधिवेशन यही साउन ८ देखि जारी छ । विपक्षीको मागमा आह्वान गरिएको यो अधिवेशनको बैठकमा सरकारका मुख्यमन्त्री र मन्त्री सुरुको दिनदेखि नै अनुपस्थित रहने रणनीतिमा थिए । तर मुख्यमन्त्रीको निर्देशन विपरीत दुई दिनका बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापा उपस्थित भएकी थिइन् । सरकारको नीतिविपरीत बैठकमा सहभागी भएकी मन्त्री थापालाई आइतबार मुख्यमन्त्रीले बर्खास्त गरेका थिए ।

गएको असार २० मा नेकपा (एमाले) समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा छन् । एमाले समर्थन फिर्ता लिएपछि अध्यादेशमार्फत बजेट ल्याउन सरकारले प्रयास गरिरहँदा कांग्रेस, एमालेलगायत दलले विषेश अधिवेशन माग गरेका थिए ।

यसबीच विशेष अधिवेशनअन्तर्गत आज तेस्रो दिनको बैठकमा सरकारको उपस्थिति नभएपछि विपक्षी दल कांग्रेस, एमाले, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले प्रदेशसभा सचिवालयको मूल प्रवेशद्वारमा दिउँसै ‘टर्च लाइट’ बालेर सरकारको खोजी गरेका छन् ।

अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले संविधानमा भएको व्यवस्थाबमोजिम यही साउन १८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ७ : १५ बजे

कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिहरूले तीन दिनदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ

पुरानै विधानअनुसार कांग्रेसको नयाँ केन्द्रीय समिति चयन हुने

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन नयाँ केन्द्रीय कार्यसमिति

कांग्रेस विशेष महाधिवेशन : सभापति पदको उम्मेदवारी शुल्क ३० हजार

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व

कालिका पावर कम्पनीको आम्दानी बढ्यो

चितवन– कालिका पावर कम्पनीको आर्थिक वर्ष २०८१-८२ मा सेयर आम्दानी

टी-२० विश्वकपको माहौलमा माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार

काठमाडौं- माइडियाले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी