‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सम्पन्न, प्रदर्शन कहिले ? « Khabarhub

‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सम्पन्न, प्रदर्शन कहिले ?


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को छायांकन पूर्णरुपमा सकिएको छ । दुई चरणमा गरेर ४० दिनमा छायांकन पूरा भएको हो ।

यस फिल्मको छायांकन जेठ २४ बाट सुरु भएको थियो । पहिलो चरणको छायांकन ओखलढुङ्गाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन गरिएको थियो । दोस्रो चरणको छायांकन भक्तपुरमा चार दिन चलेको थियो ।

निर्मात विनोद पौडेलका अनुसार अन्तिममा प्रकाश सपुतको अंशको छायांकन गरिएको हो । गायक सपुत फिल्मका मुख्य कलाकार मध्येका एक हुन् । उनले धेरै राम्रो अनुभव र सिकाइसहित छायांकन सकिएको बताएका छन्।

छायांकन सकिएसँगै निर्माण टिम यही दसैंमै फिल्म प्रदर्शनमा ल्याउने तयारीमा जुटेको छ । निर्माता पौडेल भन्छन्, ‘हामीले ठ्याक्कै मिति त तोकिएका छैनौं । काम सकिएको अवस्थामा दसैंमा नै प्रदर्शन हुन्छ ।’

विसं २०८२ साललाई प्रदर्शनको लक्ष्य राखेर टिम छायांकनमा निस्किएको थियो । छायांकनपछि प्रदर्शनलाई लिएर टिमको मानसिकता परिवर्तन भएको हो । पौडेल भन्छन्, ‘फिल्म तयार भयो भने यही दसैंमै प्रदर्शन गर्छौं ।’

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यस फिल्म गन्धर्व परिवारको कथामा आधारित रहने बताइएको छ । फिल्ममा नायकहरु विजय बराल, मुकुन भुसाल, प्रकाश सपुत, नायिका अञ्जना बराइली केन्द्रीय भूमिकामा छन् ।

उनीहरुसहित विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, अलिशा बास्तोला देशभक्त खनालसहित बालकालकार जान्भी पौडेल र स्वायम् केसी मुख्य भूमिकामा रहेको बताइएको छ ।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको यस फिल्मको निर्देशक सरोज पौडेलले हुन् । पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ८ : ०६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया