‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सम्पन्न, प्रदर्शन कहिले ? | Khabarhub Khabarhub

‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सम्पन्न, प्रदर्शन कहिले ?


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को छायांकन पूर्णरुपमा सकिएको छ । दुई चरणमा गरेर ४० दिनमा छायांकन पूरा भएको हो ।

यस फिल्मको छायांकन जेठ २४ बाट सुरु भएको थियो । पहिलो चरणको छायांकन ओखलढुङ्गाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन गरिएको थियो । दोस्रो चरणको छायांकन भक्तपुरमा चार दिन चलेको थियो ।

निर्मात विनोद पौडेलका अनुसार अन्तिममा प्रकाश सपुतको अंशको छायांकन गरिएको हो । गायक सपुत फिल्मका मुख्य कलाकार मध्येका एक हुन् । उनले धेरै राम्रो अनुभव र सिकाइसहित छायांकन सकिएको बताएका छन्।

छायांकन सकिएसँगै निर्माण टिम यही दसैंमै फिल्म प्रदर्शनमा ल्याउने तयारीमा जुटेको छ । निर्माता पौडेल भन्छन्, ‘हामीले ठ्याक्कै मिति त तोकिएका छैनौं । काम सकिएको अवस्थामा दसैंमा नै प्रदर्शन हुन्छ ।’

विसं २०८२ साललाई प्रदर्शनको लक्ष्य राखेर टिम छायांकनमा निस्किएको थियो । छायांकनपछि प्रदर्शनलाई लिएर टिमको मानसिकता परिवर्तन भएको हो । पौडेल भन्छन्, ‘फिल्म तयार भयो भने यही दसैंमै प्रदर्शन गर्छौं ।’

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यस फिल्म गन्धर्व परिवारको कथामा आधारित रहने बताइएको छ । फिल्ममा नायकहरु विजय बराल, मुकुन भुसाल, प्रकाश सपुत, नायिका अञ्जना बराइली केन्द्रीय भूमिकामा छन् ।

उनीहरुसहित विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, अलिशा बास्तोला देशभक्त खनालसहित बालकालकार जान्भी पौडेल र स्वायम् केसी मुख्य भूमिकामा रहेको बताइएको छ ।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको यस फिल्मको निर्देशक सरोज पौडेलले हुन् । पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ८ : ०६ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’