घर नम्बर २ : खगेन्द्र र निश्चलपछि आर्यनको प्रवेश, नायिका को ? « Khabarhub

घर नम्बर २ : खगेन्द्र र निश्चलपछि आर्यनको प्रवेश, नायिका को ?


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘के घर के डेरा’को दोस्रो सिक्वेल ‘घर नम्बर २’ मा नायक आर्यन सिग्देल अनुबन्ध भएका छन् । निर्माण पक्ष र उनीबीच कागजी सम्झौता भइसकेको छ ।

निर्देशक दीपेन्द्रकुमार खनालका अनुसार आर्यन घरबेटीको भूमिकाका लागि अनुबन्ध भएका हुन् । आर्यनको प्रवेशसँगै फिल्ममा केन्द्रीय पुरुष कलाकार चयनको काम सकिएको खनालले बताए ।

यसअघि खगेन्द्र लामिछाने र निश्चल बस्नेत अनुबन्ध भइसकेका छन् । साउन २५ बाट छायांकनमा निस्कने तयारी भए पनि अहिलेसम्म नायिका छनोटका काम पूरा भएको छैन ।

निर्देशक खनाल भन्छन्, ‘हामीले केही नायिकालाई प्रस्ताव गरिरहेकै छौं । उहाँहरुको समय नमिलेकाले फाइल भएको छैन । अब छिट्टै नायिका टुंगो लाग्छ ।’ उनका अनुसार फिल्मका लागि दुई नायिकाको आवश्यक छ ।

‘घर नम्बर २’को कथा लेखक बुद्धिसागर हुन् । ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रियसनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मका निर्माताहरु शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ हुन् । युवराज कार्की कार्यकारी निर्माता हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ८ : १४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया