घर नम्बर २ : खगेन्द्र र निश्चलपछि आर्यनको प्रवेश, नायिका को ? | Khabarhub Khabarhub

घर नम्बर २ : खगेन्द्र र निश्चलपछि आर्यनको प्रवेश, नायिका को ?


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘के घर के डेरा’को दोस्रो सिक्वेल ‘घर नम्बर २’ मा नायक आर्यन सिग्देल अनुबन्ध भएका छन् । निर्माण पक्ष र उनीबीच कागजी सम्झौता भइसकेको छ ।

निर्देशक दीपेन्द्रकुमार खनालका अनुसार आर्यन घरबेटीको भूमिकाका लागि अनुबन्ध भएका हुन् । आर्यनको प्रवेशसँगै फिल्ममा केन्द्रीय पुरुष कलाकार चयनको काम सकिएको खनालले बताए ।

यसअघि खगेन्द्र लामिछाने र निश्चल बस्नेत अनुबन्ध भइसकेका छन् । साउन २५ बाट छायांकनमा निस्कने तयारी भए पनि अहिलेसम्म नायिका छनोटका काम पूरा भएको छैन ।

निर्देशक खनाल भन्छन्, ‘हामीले केही नायिकालाई प्रस्ताव गरिरहेकै छौं । उहाँहरुको समय नमिलेकाले फाइल भएको छैन । अब छिट्टै नायिका टुंगो लाग्छ ।’ उनका अनुसार फिल्मका लागि दुई नायिकाको आवश्यक छ ।

‘घर नम्बर २’को कथा लेखक बुद्धिसागर हुन् । ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रियसनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मका निर्माताहरु शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ हुन् । युवराज कार्की कार्यकारी निर्माता हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ८ : १४ बजे

देशका अधिकांश भूभागमा वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार