छुट्टाछुटै दुर्घटनामा छ जना घाइते « Khabarhub

छुट्टाछुटै दुर्घटनामा छ जना घाइते


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको सवारी दुर्घटनामा छ जना घाइते भएका छन् ।

धरान–चतरा सडक खण्डअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ४ स्थित बागमती पुल नजिकै सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको बिएडी ७३४६ नम्बरको स्कारपियो अनियन्त्रित भई पल्टिदा त्यसमा सवार पाँच जना घाइते भएका छन् ।

सडकबाट करिब २० मिटर तल खस्दा स्कारपियो चालक उदयपुरको कटरी नगरपालिका ४ तल्लो कटारी निवासी ३६ वर्षीय दीपक परियार, स्कारपियोमा सवार कटारी नगरपालिका ४ तल्लो कटारी निवासी ५३ वर्षीय राजिव थापा, ४९ वर्षीय पुष्पा थापा, मोरङको विराटनगर महानगरपालिका निवासी ५६ वर्षीया लक्ष्मी थापा, ६८ वर्षीय हरि थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

घाइते पाँचै जनालाई उपचारको लागि जिल्ला अस्पताल हेटौँडा ल्याइएको प्रहरीको भनाइ छ । यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका ८ कमाने शान्ति टोलस्थित खण्डमा स्कुल बसले ठक्कर दिँदा स्थानीय ७५ वर्षीया पूर्णकुमारी थापा घाइते भएका छन् ।

मिलनचोकबाट क्याम्पाडाँडातर्फ जाँदै गरेको ना१क ६५३२ नम्बरको माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पैदलयात्री थापा घाइते भएको प्रहरीले जनाएको छ । निधार, हात खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका उहाँको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १० : २३ बजे

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई