पतञ्जलि आयुर्वेदलाई चार करोड जरिवाना गर्ने अदालतको फैसला « Khabarhub

पतञ्जलि आयुर्वेदलाई चार करोड जरिवाना गर्ने अदालतको फैसला


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको मुम्बई उच्च अदालतले पतञ्जलि आयुर्वेदलाई ४ करोड भारतीय रुपैयाँ जरिवाना तोकेको छ । अगस्त २०२३ मा दिइएको एक आदेशलाई अपहेलना गरेको ठहर गर्दै उच्च अदालतले उक्त जरिवाना तोकेको हो ।

यसअघि मंगलम अर्गेनिक्सले रिट दायर गर्दै कपुर उत्पादनमा पतञ्जलिले उसको ‘ट्रेडमार्क’ उल्लंघन गरेको आरोप लगाएको थियो। निवेदनको सुनुवाइ गर्दै उच्च अदालतले पतञ्जलिलाई कपुरका उत्पादनहरू बिक्री नगर्न आदेश दिएको थियो।

अदालतको फैसलापछि पनि पतञ्जलिले कपूर उत्पादन बिक्री जारी राखेको निवेदकले दाबी गरेका थिए । उक्त आदेश पालना नभएको ठहर गर्दै अदालतले उक्त जरिवाना ताेकेकाे बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

यो जरिवाना रकम तिर्न पतञ्जलिलाई अदालतले दुई साताको समय दिएको छ । फैसला पालना गर्ने भन्दै पतञ्जलिले जुलाई २ मा अदालतमा माफी समेत मागेको थियो ।

 

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १० : ३८ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा