स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड र इस्पान्योल बराबरीमा « Khabarhub

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड र इस्पान्योल बराबरीमा


१३ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड र इस्पान्योलले बराबरी खेलेका छन् ।

गएराति एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

एट्लेटिको मड्रिडका रोड्रिगो रिक्विल्मीले खेलको ५४औँ मिनेटमा गोल गरेको भए पनि भिएआरले मान्यता नदिएपछि इस्पान्योलसँग गोलरहित बराबरीमा चित्त बुझाउनु प¥यो ।

यो बराबरीसँगै तीन खेलबाट एट्लेटिको मड्रिड ५ अंकसहित तालिकाको चौथो स्थानमा छ । एट्लेटिकोले यसअघिका दुईमा एकमा जित र एकमा बराबरी गरेको थियो । इस्पान्योल भने १ अंक जोडेर १८औँ स्थानमा छ ।

यस्तै, आजै राति भएको खेलमा डिपोर्टिभो अलाभेस विजयी भएको छ । डिपोर्टिभोले रियाल सोसिडाडलाई २–१ गोलले हराएको हो ।

योसँगै डिपोर्टिभो अलाभेस ४ अंकसहित नवौँ स्थामा छ भने ३ अंक भएको सोसिडाड १२औँ स्थानमा छ ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ८ : ०७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर