फाइल तस्बिर

समाचार

एमाले सचिवालय बैठक बस्दै

By खबरहब

August 29, 2024

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्नेछ ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ । यस्तै, सरकारका कामकारबाहीबारे पनि समीक्षा हुनेछ ।

बुधबार पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय बैठकले एजेन्डा तय गरेको थियो । बैठकमा तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए।

बैठकले मिसन २०८४ अन्तर्गत पार्टीको तेस्रो चरणको कार्यक्रम समेत सार्वजनिक गर्ने बुझिएको छ ।