पाकिस्तानमा पोलियोका कारण बालिकाको मृत्यु « Khabarhub

पाकिस्तानमा पोलियोका कारण बालिकाको मृत्यु


१३ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोलियोका कारण पाकिस्तानमा एक बालिकाको मृत्यु भएको छ । विश्वका धेरै मुलुकबाट उन्मूलन भइसकेको पोलियो पाकिस्तान, अफगानिस्तान, नाइजेरियाजस्ता देशमा अझै पाइन्छ ।

पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित खारा जिल्लामा पोलियोका कारण २३ महिने बालिकाको मृत्यु भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

पछिल्लो समय बलोचिस्तानका ८ जिल्लामा पोलियो भाइरसको प्रकोप देखिएको छ । डनका अनुसार हालसम्म बलोचिस्तानमा १२ जनामा पोलियो देखिएको छ ।

पाकिस्तानको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले बालिकालाई उच्चज्वरो, पक्षघातजस्ता लक्षण देखिएको जनाएको छ । लक्षण देखिएपछि बालिकालाई केही दिनसम्म घरमै उपचार गरिएको र पछिमात्रै प्रान्तीय राजधानी क्वेटाको अस्पताल पु¥याइएको थियो । मृत्यु भएको भोलिपल्टमात्रै उनमा पोलियो रोग पुष्टिभएको डनले जनाएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ९ : २० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको