अमेरिकामा नेपाली युवतीमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक « Khabarhub

अमेरिकामा नेपाली युवतीमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

टेक्सास – अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको पहिचान गर्दै त्यहाँको प्रहरीले तस्बिर सार्वजनिक गरेको छ।

अमेरिकाको ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर बुधबार सार्वजनिक गरेको हो। प्रहरीले तस्बिर सार्वजनिक गरे पनि अभियुक्तको पहिचान खुलाएको छैन। अमेरिकाबाट प्रकाशन हुँदै आएको नेपयोर्क अनलाइनमा उल्लेख भए अनुसार तस्बिर सार्वजनिक भए पनि अभियुक्तको अझै पहिचान खुल्न सकेको छैन।

अध्ययनका लागि अमेरिका पुगेकी पाण्डे सोमबार आफ्नै निवासमा हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्। २१ वर्षीय पाण्डे टेक्सासस्थित ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन। उनीमाथि उनकै निवासमा गोली प्रहार भएको हो।

प्रहरीले सार्वजनिक गरेको सिसीटिभी फुटेजमा मुनाको हत्या भएको स्थानबाट अभियुक्त अगस्ट २४ तारिख राति ९ बजेर ४८ मिनेटमा देखिएको बताएको छ। प्रहरी अनुसन्धानबाट मुनासँग प्रेम सम्बन्धमा रहेका व्यक्ति ती नभएको खुलेको छ। अभियुक्तको तस्बिर सार्वजनिक गर्दै प्रहरीले पहिचानका लागि समुदायलाई अनुरोध गरेको छ।

भोजपुर स्थायी घर भएकी मुना शनिबारदेखि सम्पर्कविहीन भएकी थिइन। उनलाई प्रहरीले घरमै सोमबार मृत अवस्थामा भेटेको हो। प्रहरीले उनीमाथि केही राउण्ड गोली प्रहार भएको बताएको छ। अनुसन्धानकाक्रममा प्रहरीले नेपालमा रहेकी मुनाकी आमा अनितासँगसमेत कुरा गरेको खबरमा उल्लेख गरिएको छ।

प्रहरीसँगको कुराकानीमा उनकी आमाले आफ्नी छोरी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको खुलाएकी थिइन्। उक्त सम्बन्ध तनावपूर्ण बनेकै कारण मुनाको हत्या भएको आशंका प्रहरीले गरेको थियो। तर सार्वजनिक तस्बिर भने उनका प्रेमीको नभएको प्रहरीले प्रष्ट पारेको छ। मुना अध्ययनका लागि तीन वर्ष अघि मात्र अमेरिका गएकी थिइन। त्यहाँको प्रहरीले घटनाको गम्भीर रुपमा छानबिन भइरहेको बताएको छ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ९ : ३७ बजे

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश