फाइल फोटो

आर्थिक

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

By खबरहब

August 29, 2024

काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

बिहीबार सुन तोलाको एक सयले बढेर तोलामा एक लाख ५३ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो आज सम्मकै उच्च मूल्य हो ।

यस अघि बुधबार सुनको मूल्य १ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।