कांग्रेस सांसदको दाबी : ओली-देउवाविरुद्ध टुँडिखेलको नाराबाजीमा रास्वपाको हात « Khabarhub

कांग्रेस सांसदको दाबी : ओली-देउवाविरुद्ध टुँडिखेलको नाराबाजीमा रास्वपाको हात


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएर सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले घुसपैठ भएको आशंका गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै बजगाईँले उक्त कार्यक्रममा घुसपैठ गरेर रास्वपाले धार्मिक सहिष्णुता बिगार्न खोजेको आरोप लगाए ।

गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा ओली–देउवाविरुद्ध नारा लगाउने एकजना वाईसीएल कार्यकर्तासहित दुईजना प्रहरीको हिरासतमा छन् । बुधबार भएको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद हरि ढकालले दुवैलाई रिहा गर्नुपर्ने बताएका थिए ।

‘प्रतिपक्षी (रास्वपा) सांसद साथीहरूले गौरा पर्वको अवसरमा टुँडिखेलमा प्रदर्शन गर्नेहरूको रिहाइ माग गर्नुभयो । दलका साथीहरू पनि त्यहाँ देखियो भनेर पत्रिकामा समाचार आएको छ’, उनले भने, ‘गौरा पर्वमा आक्रमण गरेको कि प्रधानमन्त्री र सत्ता साझेदार पूर्वप्रधानमन्त्रीमाथि आक्रमण गरेको ? धार्मिक सहिष्णुता बिगार्ने गतिविधि गर्ने दललाई म प्रश्न गर्न चाहन्छु ।’उनले भने ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  १ : ५३ बजे

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा

रवि लामिछानेको रिट लगातार ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका