‘एक्टर’को पोस्टरमा घाइते देखिए प्रदीप « Khabarhub

‘एक्टर’को पोस्टरमा घाइते देखिए प्रदीप


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘एक्टर: टेक वान’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले बिहीबार सार्वजनिक गरेको पोस्टर फिल्मका शीर्ष नायक प्रदीप खड्काले स्थान पाएका छन् ।

पोस्टरमा प्रदीपको कपाल लामो देखाइएको छ । उनको अनुहारमा पनि रगतै रगत छ । उनी सख्त घाइते देखिन्छन् । केही साताअघि सार्वजनिक पोस्टरमा प्रदीप विभिन्न ५ लुक्समा देखिएका थिए ।

कात्तिक १५ गते रिलिज हुने फिल्ममा प्रदीपसहित नायक राजबल्लभ कोइराला नायिकाहरु दिव्या रायमाझी र आना शर्मा शीर्ष भूमिकामा छन् ।

राजबल्लभको यो कमब्याक फिल्म हो । नायक दिलीप रायमाझीकझ छोरी दिव्या यही फिल्मबाट ठूलो पर्दामा डेब्यू गर्दै छिन् ।

यस फिल्मको निर्देशक राजन भुसाल हुन् । फिल्मको कथा आकाश बराल र राजन स्वयमले लेखेका छन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  २ : १२ बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी