प्रधानमन्त्रीको निर्देशन- दशरथ रंगशाला हिलाम्य हुनु दु:खद, दुरुपयोग रोकौँ « Khabarhub

प्रधानमन्त्रीको निर्देशन- दशरथ रंगशाला हिलाम्य हुनु दु:खद, दुरुपयोग रोकौँ


१३ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाको दुरुपयोग नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४ प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान गर्दै ओलीले खेल हुँदा दशरथ रंगशालाको मैदान हिलाम्मे हुनु दुःखद् भएको बताए ।

उक्त रंगशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगराउन उनले ध्यानाकर्षण गराए। एउटा खेलका लागि बनाइएको पूर्वाधार अन्य प्रयोजनमा उपयोग गर्न नहुने जिकिर उनले गरे ।

ओलीले आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नति गर्ने निर्णय गरेको स्मरण गर्दै त्यसको कार्यान्वयन गरिने अवगत गराए ।

प्रधानमन्त्री ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

त्यस्तै उनले महिला भलिबल खेलाडीको हालसम्मको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मिहिनेनत गर्न आग्रह गरे।

कार्यक्रममा नेपाली टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही एक लाख २० हजार प्रदान गरिएको छ।

गत साउन १७ देखि २३ गतेसम्म काठमाडौंमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  २ : ०० बजे

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई