प्रतिनिधिसभा बैठक : प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव « Khabarhub

प्रतिनिधिसभा बैठक : प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव


१३ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरूले क्षति न्यूनीकरणमा राज्यले लगानी बढाउनुपर्ने सुझाव दिए ।

सांसद सीताकुमारी रानाले चट्याङ्ग कारण नागरिकले अकालमा ज्यान गमाउनुपरेको उल्लेख गर्दै मृतकलाई क्षतिपूर्ति तथा घाइतेको समयमा नै उपचार गर्न सरकारसँग माग गरिन् ।

‘मनसुनजन्य विपद् बाढी पहिरामा परी कैयौँ नागरिकले अकालमा ज्यान गुमाउनुरेको छ, सरकारले यस्ता घटना न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्छ’, उनले भनिन् । सांसद रानाले वातावरणीय मापदण्ड पूरा नगरी विकास निर्माणका काम भएका कारण पहिरोको जोखिम बढेकाले वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइन् ।

सांसद मनिस झाले नेपाल एयरलाइन्सका जहाज मर्मतका लागि लगिए पनि ९० दिनसम्म पनि ल्याउन नसकिएको उल्लेख गर्दै समयमै जहाज मर्मत गर्न सरकारलाई सुझाव दिए ।

सांसद राजेन्द्र बजगाईँले धार्मिक सद्भावमा बाधा पुग्ने काम रोकिनुपर्नेमा जोड दिए ।

 

 

 

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  २ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया