प्रतिनिधिसभा बैठक : प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव « Khabarhub

प्रतिनिधिसभा बैठक : प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव


१३ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरूले क्षति न्यूनीकरणमा राज्यले लगानी बढाउनुपर्ने सुझाव दिए ।

सांसद सीताकुमारी रानाले चट्याङ्ग कारण नागरिकले अकालमा ज्यान गमाउनुपरेको उल्लेख गर्दै मृतकलाई क्षतिपूर्ति तथा घाइतेको समयमा नै उपचार गर्न सरकारसँग माग गरिन् ।

‘मनसुनजन्य विपद् बाढी पहिरामा परी कैयौँ नागरिकले अकालमा ज्यान गुमाउनुरेको छ, सरकारले यस्ता घटना न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्छ’, उनले भनिन् । सांसद रानाले वातावरणीय मापदण्ड पूरा नगरी विकास निर्माणका काम भएका कारण पहिरोको जोखिम बढेकाले वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइन् ।

सांसद मनिस झाले नेपाल एयरलाइन्सका जहाज मर्मतका लागि लगिए पनि ९० दिनसम्म पनि ल्याउन नसकिएको उल्लेख गर्दै समयमै जहाज मर्मत गर्न सरकारलाई सुझाव दिए ।

सांसद राजेन्द्र बजगाईँले धार्मिक सद्भावमा बाधा पुग्ने काम रोकिनुपर्नेमा जोड दिए ।

 

 

 

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  २ : ०५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल