रविलाई गगनको कटाक्ष- नौ मिनेटमा चट् भइजान्छ भन्थे, नौ घण्टा बयान दिनुपर्‍यो | Khabarhub Khabarhub

रविलाई गगनको कटाक्ष- नौ मिनेटमा चट् भइजान्छ भन्थे, नौ घण्टा बयान दिनुपर्‍यो


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी प्रकरणमा संसदीय छानबिन विशेष समितिले गम्भीरतापूर्वक छानबिन गरिरहेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा रास्वपाका नेताहरूले प्रमाण खोइ, प्रमाण खोइ भनिरहेको बताउँदै आफूहरूले सबै चिज समितिलाई दिएको बताएका छन् ।

‘केही साथीहरूले प्रमाण खोइ, प्रमाण खोइ भनिरहेका छन् । प्रमाण खोजिहरेका छन्’, उनले भने, ‘त्यत्रो तथ्य र प्रमाण भएरै त होला संसद्‍मा संघर्ष गरेर हामीले संसदीय विशेष छानबिन समिति बनाएका छौँ । त्यो समिति हामीले बनाएका हौँ, त्यसको टीओआर बनेको छ ।’

उनले सहकारी ठगी प्रकरणमा मुछिएकाहरूको प्रमाण आफूहरूले संसदीय समितिलाई बुझाएको पनि बताए । ‘हामीले भएका प्रमाण दिएनौँ होला र संसदीय समितिलाई ? अरुले दिएनन् होला र ?’, उनले भने, ‘संसदीय समिति बनेको छ ।’

उनले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेतिर इंगित गर्दै नौ मिनेटमा बयान सक्छु भनेकाले नौ घण्टासम्म बयान बस्नुपरेको उल्लेख गरे ।

‘नौ महिनामा चट् भइजान्छ भनेको सुनेको थिएँ, नौ घण्टासम्म बयान दिनुपरेको छ’, उनले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेतिर कटाक्ष गर्दै भने, ‘बयान हो बयान, फैसला होइन । समितिको फैसला त आउनै बाँकी छ ।’

उनले संसदीय समितिका सभापति सूर्य थापाले धेरै मिहिनेत गरेर छानबिन गरिरहेको पनि उल्लेख गरे । ‘संसदीय समितिमा बस्ने सबै साथीहरूमाथि हामीलाई विश्वास छ । रास्वपाका साथीलाई समस्या होला, कालोलाई सेतो भन्नुपर्ने बाध्यता उहाँलाई छ ।’

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  २ : ३९ बजे

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

म्याग्दी– मालिका गाउँपालिका–२ मा यस वर्ष निर्माण भएका तीन वटा

यसरी बनाउनुहोस् घरमै गुलाब जल

काठमाडौं– गुलाब जल प्रायः छालाको हेरचाहमा समावेश हुन्छ। गुलाबजलले अनुहारलाई

पुनर्संरचना गर्न सके चतरा नहरमा सम्भव छ जल यातायात

काठमाडौं – सन् १९५४ मा कोशी सम्झौतापछि सुनसरी-मोरङका ६८००० हेक्टर

वाग्मतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

वाग्मती– सहरी विकास तथा भवन कार्यालय मकवानपुरद्वारा वाग्मती प्रदेशमा सञ्चालित

आकाश ताक्दै किसान : महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ

महोत्तरी – लामो खडेरीले आँत्तिएका यहाँका किसानले अझै आकाश ताक्न