रंग फेर्ने कुरामा प्रचण्ड र छेपारोको प्रतिस्पर्धा गराइदिऊँ : गोकुल बास्कोटा « Khabarhub

रंग फेर्ने कुरामा प्रचण्ड र छेपारोको प्रतिस्पर्धा गराइदिऊँ : गोकुल बास्कोटा


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रंग फेर्नमा सिपालु भएको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले नेपाल विद्युत् प्राधिकरणको २२ अर्ब बक्यौतामध्ये १६ अर्ब छुट दिने निर्णय गरेका तत्कालीन प्रधानमन्त्री प्रचण्डले नै अहिले दोहोरो कुरा गर्न थालेको थियो ।

‘प्रचण्डकै पालामा २२ अर्ब बक्यौतामध्ये १६ अर्ब छुट दिने निर्णय भएको हो । अनि अहिले उहाँ नै अरूलाई दोष लगाएर दोहोरो कुरा गरिरहनु भएको छ’, उनले भने, ‘प्रचण्ड रंग फेर्न धेरै सिपालु, उहाँले छेपारालाई पनि उछिन्ने देखियो । बरु प्रचण्ड र छेपाराबीच रंग फेर्ने प्रतिस्पर्धा गरिदिऊँ ।’

उनले विद्युत् प्राधिकरणको बक्यौता उठाउन रोक्ने काम प्रचण्डले नै गरेको बताए । तत्कालीन अवस्थामा सरकारका रहँदा प्रचण्डले नै दुईवटा पत्र लेखेर बक्यौता उठाउन रोकेको दाबी पनि उनले गरेका छन् ।

 

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  २ : ४६ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक