३६ अङ्कले घट्यो नेप्से, कारोबार १२ अर्ब माथि  « Khabarhub

३६ अङ्कले घट्यो नेप्से, कारोबार १२ अर्ब माथि 


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८३ अङ्कले घटेको छ । साताको अन्तिम बिहीबार बजार १.३२ अङ्कले घटेर २७४९.५७ विन्दुमा पुगेको छ । बिहीबार कारोबार १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँ बराबरको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता शेयर किनबेच भएको छ ।

बजार घट्दा १३ वटा समूहमध्ये म्यूचअल फण्ड बाहेक सबै समूह राताम्य भएको छ । आज म्यूचअल फण्ड ०.१० प्रतिशतले बढेर २१.९७ विन्दुमा पुगेको छ ।

आज वाणिज्य बैंक १.८१ प्रतिशतले, विकास बैंक १.१२ प्रतिशतले र फाइनान्स ०.९४ प्रतिशतले घट्यो । त्यस्तै होटल एण्ड टुरिजम १.८१ प्रतिशतले हाइड्रो ०.१३ प्रतिशतले, लगानी समूह ०.९९ प्रतिशतले र जीवन बीमा समूह २.०९ प्रतिशतले घटेको छ ।

साथै उत्पादन ०.९६ प्रतिशतले, लघुवित्त २.०१ प्रतिशतले, निर्जीवन बीमा १.८८ प्रतिशतले र अन्य समूह ०.५२ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी जीवन बीमा २८८.८१ अङ्कले घटेर १३ हजार ४८६.०३ विन्दुमा आएको छ ।

आज प्रि ओपन सेसनमा ४ अङ्कले बढेर सूरु भएको बजार निरन्तर केही माथि जान खोजेको भए पनि १२ः४८ सम्म निरन्तर ओरालो लागेको थियो । त्यसपछि भने बजार केही माथि गयो तर बजार बन्द हुँदासम्म भने बजार ३६ अङ्कले घट्यो ।

आज ३२२ वटा कम्पनीको शेयर कारोबार हुँदा ५३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बिहीबार बजार घट्दा १ लाख ४६ हजार २०४ पटक शेयर किनबेच भएको छ । बजार घट्दा २ वटा हाइड्रो कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै थ्रि स्टार हाइड्रपावर कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी टनओभर गुडविल फाइनान्स कम्पनीको भएको छ भने बढी टनओभर अपी हाइड्रोको भएको छ । बढी कारोबार हिमालयन रि कम्पनीको भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ३ : २४ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा