३६ अङ्कले घट्यो नेप्से, कारोबार १२ अर्ब माथि  « Khabarhub

३६ अङ्कले घट्यो नेप्से, कारोबार १२ अर्ब माथि 


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८३ अङ्कले घटेको छ । साताको अन्तिम बिहीबार बजार १.३२ अङ्कले घटेर २७४९.५७ विन्दुमा पुगेको छ । बिहीबार कारोबार १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँ बराबरको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता शेयर किनबेच भएको छ ।

बजार घट्दा १३ वटा समूहमध्ये म्यूचअल फण्ड बाहेक सबै समूह राताम्य भएको छ । आज म्यूचअल फण्ड ०.१० प्रतिशतले बढेर २१.९७ विन्दुमा पुगेको छ ।

आज वाणिज्य बैंक १.८१ प्रतिशतले, विकास बैंक १.१२ प्रतिशतले र फाइनान्स ०.९४ प्रतिशतले घट्यो । त्यस्तै होटल एण्ड टुरिजम १.८१ प्रतिशतले हाइड्रो ०.१३ प्रतिशतले, लगानी समूह ०.९९ प्रतिशतले र जीवन बीमा समूह २.०९ प्रतिशतले घटेको छ ।

साथै उत्पादन ०.९६ प्रतिशतले, लघुवित्त २.०१ प्रतिशतले, निर्जीवन बीमा १.८८ प्रतिशतले र अन्य समूह ०.५२ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी जीवन बीमा २८८.८१ अङ्कले घटेर १३ हजार ४८६.०३ विन्दुमा आएको छ ।

आज प्रि ओपन सेसनमा ४ अङ्कले बढेर सूरु भएको बजार निरन्तर केही माथि जान खोजेको भए पनि १२ः४८ सम्म निरन्तर ओरालो लागेको थियो । त्यसपछि भने बजार केही माथि गयो तर बजार बन्द हुँदासम्म भने बजार ३६ अङ्कले घट्यो ।

आज ३२२ वटा कम्पनीको शेयर कारोबार हुँदा ५३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बिहीबार बजार घट्दा १ लाख ४६ हजार २०४ पटक शेयर किनबेच भएको छ । बजार घट्दा २ वटा हाइड्रो कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै थ्रि स्टार हाइड्रपावर कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी टनओभर गुडविल फाइनान्स कम्पनीको भएको छ भने बढी टनओभर अपी हाइड्रोको भएको छ । बढी कारोबार हिमालयन रि कम्पनीको भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ३ : २४ बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि