डेडिकेटेड र ट्रकलाईन विवाद समाधान गर्न संसदीय समिति गठन गरौँ : सांसद बास्कोटा « Khabarhub

डेडिकेटेड र ट्रकलाईन विवाद समाधान गर्न संसदीय समिति गठन गरौँ : सांसद बास्कोटा


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद गोकुल बास्कोटाले डेडिकेटेड र ट्रकलाईन विवाद समाधानका लागि संसदीय समिति गठन गर्न प्रस्ताव गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बास्कोटाले सार्वजनिक लेखा समितिमाथि अनुचित दबाब दिइएको भन्दै डेडिकेटेड र ट्रकलाईन विवाद समाधानका लागि संसदीय समिति गठन गर्न प्रस्ताव गरेका हुन् ।

उनले तत्कालीन प्रचण्ड सरकारले नै व्यवसायीहरूले डेडिकेटेड र ट्रकलाईन विद्युत् उपयोग गरेबापतको बक्यौता घटाउने काम गरेको दाबी गरे ।

डेडिकेटेड र ट्रकलाईनका विषयमा आफूले बदमासी गरेर अर्कोमाथि हिलो छ्याप्ने काम भएको उनले बताए । बास्कोटाले माओवादी सत्ताबाहिर निस्केपछि रन्थनेर नेपाललाई बंगलादेश बनाउने भन्दै आन्दोलन गर्ने चेतावनी दिएको जिकिर गरे  ।

त्यस्तै बैठकको विशेष समयमा माओवादी सांसद देवेन्द्र पौडेलले डेडिकेटेड र ट्रकलाईनको बक्यौता नतिर्न पूर्वप्रधानमन्त्री प्रचण्डले भनेको भए बहस गर्न तयार रहेको तर्क गरे ।

पौडेलले मुलुकको परिवर्तनका लागि माओवादीले गरेको जनयुद्धको अवमूल्यन नगर्न चेतावनी दिँदै अनमिनको रेकर्ड हेर्न सुझाव दिए । अहिले उठेका प्रश्नहरूलाई विगतका घाउ कोट्याउने गरी परिस्थितिलाई असहज नबनाउन उनले आग्रह गरे ।

उनले जनताले चलाएको आन्दोलन जनयुद्ध नै भएको जिकिर गरे । पौडेलले टुँडिखेलमा विरोध गरेका युवाहरूको कुनै गल्ती नभएको र आवाज उठाएकै भरमा पक्राउ परेकालाई रिहा गर्न माग गरे ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ३ : ४७ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको