धुलिखेलमा कुटिए ८४ वर्षीय भिक्षु, डाक्टर शाक्यले संसद्‍मा उठाइन् कुरा « Khabarhub

धुलिखेलमा कुटिए ८४ वर्षीय भिक्षु, डाक्टर शाक्यले संसद्‍मा उठाइन् कुरा


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्यले भिक्षु गुणघोष महास्थविरमाथि भएको सांघातिक आक्रमणको निन्दा गरेकी छन् ।

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै उनले भनिन्, ‘बुद्धजन्मभूमि नेपालमा, परमपूज्य संघउपनायक ८४ वर्षीय भिक्षु गुणघोष महास्थविरमाथि बिहीबार भीमसेन टोल, धुलिखेलस्थित पूर्वाराम बिहारमा सांघातिक आक्रमण भएको छ । नेपालको बुद्ध शासनिक क्षेत्रमा अत्यन्त सक्रिय र अन्तराष्ट्रिय रुपमा सम्मानित भिक्षु गुणघोष महास्थविरमाथि मरणासन्न हुने गरी सांघातिक आक्रमण गरिएको घटना सुनियोजित छ । बिहारमा पनि लुटपाट भएको छ ।’

उनले उक्त घटना बौद्ध धर्माबलम्बीमाथि गरिएको कुकर्मको एउटा क्रुर रुप भएको पनि बताइन् ।

‘यस्तो कुकर्म गर्नेलाई तत्कालै पक्राउ गरी सजाय दिन सरकारका सम्बद्ध मन्त्रालय एवम् सुरक्षा निकायसँग माग गर्दछु,’ उनले भनिन्, ‘यस प्रकारका अपराधिक घटना भविष्यमा पुनः हुन नदिन तथा भिक्षुहरूको जिउ–धनको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग जोडदार माग गर्दै गम्भीर घाइते हुनु भएका संघ उपनायक भिक्षु गुणघोष महास्थविरको स्वास्थ्य लाभको कामना गर्दछु ।’

ललितपुर निवासी भिक्षु गुणघोष महास्थविर करिब ४५ वर्षदेखि त्यही बिहारमा बस्दै आएका थिए । धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्यले पनि संघ उपनायकमाथि भएको आक्रमणको भर्त्सना गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेलाई ज्ञापनपत्र बुझाएको जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले भिक्षुमाथि आक्रमण गर्ने २० वर्षीय आदित्य श्रेष्ठलाई नियन्त्रणमा लिइसकेको छ ।

संघ उपनायक महास्थवीर धुलिखेल अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् बिहारबाट करीब १ लाख ६५ हजार चोरी भएको थियो ।

प्रहरीले आदित्यसहित चोरी भएको पैसा पनि बरामद भएको जानकारी दिएको छ । पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिई चोरी तथा डाँका अभियोगमा अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ३ : ४८ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको