टेलिग्रामका मालिक डुरोभलाई फ्रान्स छोड्न प्रतिबन्ध « Khabarhub

टेलिग्रामका मालिक डुरोभलाई फ्रान्स छोड्न प्रतिबन्ध


१३ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेसेजिङ एप टेलिग्रामका मालिक र संस्थापक पावेल डुरोभलाई फ्रान्स छोड्न प्रतिबन्ध लगाइएको छ ।

पेरिसका अभियोजकहरूले म्यासेजिङ एपमा संगठित अपराधको अनुसन्धानको भागको रूपमा डुरोभलाई फ्रान्समा औपचारिक अनुसन्धान अन्तर्गत राखिएको बताएका छन् ।

३९ वर्षीय डुरोभलाई हिरासतमा भने नराखेर न्यायिक निगरानीमा राखिएको बताइएको छ । उनलाई पाँच मिलियन युरो जम्मा गर्न भनिएको छ । रुसी मुलका अरबपति डुरोभ पनि फ्रान्सेली नागरिक हुन् । उनी हप्तामा दुई पटक फ्रान्सेली प्रहरी चौकीमा हाजिर हुनुपर्नेछ । उनलाई फ्रान्सबाट बाहिर जान अनुमति दिइएको छैन ।

गत शनिबार, डुरोभलाई पहिलो पटक पेरिसको उत्तरमा रहेको ले बोर्जेट विमानस्थलमा एपसँग सम्बन्धित अपराधको वारेन्ट अन्तर्गत पक्राउ गरिएको थियो ।

डुरोभविरुद्धको आरोपमा संगठित गिरोहको तर्फबाट लेनदेनको लागि अनलाइन प्लेटफर्म चलाउनमा संलग्नता, अधिकारीहरूसँग वार्ता गर्न अस्वीकार र बालबालिकाका अश्लील छविहरूको संगठित वितरणमा संलग्नता समावेश छ ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ४ : ५९ बजे

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा