सार्वजनिक यातायातमा एकमुष्ट कर प्रणाली लागु गर्नुपर्छ : मन्त्री काफ्ले  « Khabarhub

सार्वजनिक यातायातमा एकमुष्ट कर प्रणाली लागु गर्नुपर्छ : मन्त्री काफ्ले 


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दन राज काफ्लेले सार्वजनिक सवारी साधनको हकमा एकमुष्ट कर प्रणाली लागु गर्नुपर्ने बताएका छन् ।

बिहीबार हेटौंडामा आयोजित लोकतान्त्रिक यातायात व्यवसायी संघको बागमती सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री काफ्लेले एकमुष्ट कर प्रणालीमा समेट्न नसके यातायात क्षेत्रमा सुधार गर्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘सार्वजनिक यातायातमा विद्यार्थीलाई भाडादर छुटको व्यवस्था विद्यार्थी आन्दोलनको बलमा स्थापित भएको हो । यो सत प्रतिशत कार्यान्वयन हुनुपर्छ । त्यसैले यस क्षेत्रमा देखिएका हरेक समस्या समाधानका लागि सकारात्मक रूपमा काम गर्न मेरो मन्त्रालय तयार छ ।’

सार्वजनिक सवारीसाधनको न्यूनतम मापदण्ड तोकिनुपर्ने र लोकतन्त्रमा समस्याको समाधान घटना घट्नुभन्दा सम्भावित घटनाको परिकल्पना गरेर त्यसलाई न्यूनीकरण गर्नेतर्फ सरकार लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ५ : १० बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ