कांग्रेस-एमालेलाई प्रचण्डको चेतावनी : दुईतिहाइको अहंकार र घमण्ड नदेखाए हुन्छ « Khabarhub

कांग्रेस-एमालेलाई प्रचण्डको चेतावनी : दुईतिहाइको अहंकार र घमण्ड नदेखाए हुन्छ

परिआए सडक आन्दोलनमा जाने जिकिर


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् ।

धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुईतिहाइको अंहकार बंगलादेश र श्रीलंकाको हालत हुने भने सम्झाएको बताए ।

‘दुईतिहाइको अंहकार नदेखाउनु भनेर सम्झाएको मात्रै छु,’ उनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारतिर लक्षित गर्दै भने भने, ‘उहाँहरूले अलिक बढी गर्न थाल्नु भए भ्रष्टाचारविरुद्ध सडकमा आउँछौं ।’

आफ्नो नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियान नरोक्न पनि उनले सचेत गराए ।

‘दुई तिहाइको घमण्ड नगर्नुस्, तपाईंहरू सुध्रिनुस्, राम्रो कामको समर्थन नै हुने छ तर तर तपाईंहरूको लक्षण राम्रो गर्ने देखिएको छैन । गल्ती गर्दै गए प्रतिपक्षले छाड्दैन, अहिले सचेत मात्रै गराइएको हो’, दाहालले भने ।

अहिले दुईतिहाइका नाममा संविधान संशोधनको विषय ल्याउन खोजिएको उल्लेख गर्दै प्रचण्डले समावेशी, समानुपातिक व्यवस्थामा घात हुन्छ कि भन्ने शंका पैदा भएको बताए ।

‘उहाँहरू संविधानमा माओवादी देख्नुहुन्छ, समावेशी भने पनि माओवादी, समानुपातिक भने पनि माओवादी, दलित, महिला मुस्लिम भने पनि माओवादी, गणतन्त्र भने पनि माओवादी’, प्रचण्डले भने, ‘अहिले दुईतिहाइ भनेर संविधान संशोधन गर्ने कुरा ल्याउनुभएको छ । परिवर्तनका एजेन्डा माओवादीका भएकाले हामीलाई देखाइदिने नाममा जनतामाथि घात गर्ने खतरा आए सडकबाट प्रतिवाद गर्नेछौँ ।’

दुई ठूला पार्टी डराएर मिलेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले संसदीय अभ्यासमा पहिलो र दोस्रो मिल्ने अभ्यास कहीँ नभएको पनि बताए ।

‘दुई ठूला पार्टी मिल्न नहुने हो तर भ्रष्टाचारविरोधी अभियानका कारण गराएर उहाँहरूले गर्न नहुने काम गर्नुभएको छ’, उनले थपे, ‘उहाँहरूले भन्ने गरेको संसदीय व्यवस्थामा पहिलो र दोस्रो पार्टी कतै मिल्दैनन् । कांग्रेस आई र भाजपा मिलेर सरकार बनाउने कुरा चल्छ त इन्डियामा ? बेलायत, अमेरिका कतै यस्तो देखिँदैन ।’

कही नहुने काम कांग्रेस र एमालेले गरेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले संविधानमाथि घात हुन नदिने पनि दोहोर्‍याए ।

उनले वर्तमान सरकार निर्माणमा माफियाको भूमिका रहेको उल्लेख गर्दै सरकार निर्माण हुनुअघि वार्ता, सहमति कहाँ र कसका घरमा भए भन्ने विषयले पनि सरकार निर्माणमा विचौलियाको भूमिका के छ भनेर प्रष्ट देखिने बताए ।

‘सरकार हटाउन भएका बैठकका घर हेर्नोस्, हस्ताक्षर कहाँ गएर गर्नुभयो, त्यो घरका मालिक हेर्नोस्’ प्रचण्डले भने, ‘त्यसबाट थाहा हुन्छ विचौलिले के भूमिका निर्वाह गरे भनेर ।’

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ५ : १६ बजे

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु

बेइजिङ– सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी

नेपालको आँखा स्वास्थ्यमा महिलाको पहुँच

काठमाडौं– अन्तरराष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर